काठमाडौँ । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा हुने उक्त प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म हुने आयोजकले आइतबार जानकारी गराएको छ ।
प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार ललितपुर महानगरले प्रतियोगिता आयोजना गर्न क्यानलाई २० लाख रुपैयाँ दिनेछ । यसअघि क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुरुषको ५० ओभरको प्रतियोगिता गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै बेस्ट प्लेयरले २५ हजार पाउनेछ । बेस्ट ब्याट्सवुमन र बेस्ट बलरले समान १५ हजार पाउनेछन् भने प्लेअर अफ दी म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।
यस्तै हरेक खेलाडीले प्रत्येक म्याचको म्याच फीबापत एक हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
साभार अनलाइन खबर
photo Onlinekhabar