काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रयोगका साथ तयार पारिएको म्युजिक भिडियो “यस्तो खुशी–२” सार्वजनिक भएको छ। गायक/गायिका मेलिना राई र करण परियारको स्वरमा रहेको यो गीतलाई शिरेस थापाले संगीत तथा शब्द सिर्जना गर्नुभएको हो ।
भिडियोको विशेषता भनेको यसको दृश्य शिल्पमा रहेको छ। जापानी एनिमे शैलीमा तयार पारिएको यो म्युजिक भिडियो नेपाली सांगीतिक इतिहासमै पहिलो प्रयास भएको कलाकार रबिन थापा मगरले बताउनुभयो । यस भिडियोमा पोशाक, प्रस्तुतिको शैली र सम्पूर्ण दृश्यमा एनिमे प्रेरित कलात्मकता देखाउने प्रयास गरीएको जुन नेपालमा पहिलो पटक रहेको कलाकार थापाको भनाइ छ ।
🎵 अडियो पक्ष:
स्वर: मेलिना राई, करण परियार
संगीत/शब्द: शिरेस थापा
एरेन्जर: सन्तोष प्रगाढ
मिक्स/मास्टर: चन्द्र चौधरी
गिटार: सञ्जीव बराइली
स्टुडियो: अकोस्टिक नेपाल
🎥 भिडियो पक्ष:
मुख्य कलाकार: रबिन थापा मगर, लक्ष्मी थापा मगर
अवधारणा/क्रिएटिभ निर्देशन: भूपेन्द्र गुरुङ
निर्देशन: विश्वजंग माझी
छायांकन: दिनेश पराजुली
मेकअप: विक्रम गौतम
हेयर: बेनिशा बुर्जा
आर्ट: जट्टा शंकर गोसाई एवं टिम
पोशाक डिजाइन: सुकनीता चौलागाईं, AEMAK
सम्पादन: बन्दे प्रसाद
रङ संयोजन (कलर ग्रेडिङ): राजेन्द्र मोक्तान
भिडियोको सम्पूर्ण प्रस्तुति युवापुस्तालाई लक्षित गरी तयार पारिएको छ। एनिमे शैलीका दृश्यहरू, फेशन र प्रस्तुति नेपाली म्युजिक भिडियोमा नयाँपन ल्याउने उद्देश्यका साथ निर्माण गरिएको निर्माता पक्षको भनाइ छ।
भिडियो













Discussion about this post