सोलुखुम्बु । सामुदायिक रेडियो सोलु एफ एममा भएको आगलागी घटनाको बारेमा सत्यतथ्य छानबिन गर्न नेपाल पत्रकार महासंघ सोलुखुम्बुले माग गरेको छ ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै नागरिकलाई सूसुचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सोलु एफ एमलाई क्षति पुगेको भन्दै सत्यतथ्य छानिबन गर्न माग गरेको हो।
१६ गते आइतबार मध्यरातमा भएको आगलागीबाट एक करोड बराबरको क्षति पुगेको विज्ञप्ती मार्फत उल्लेख गर्दै रातको समयमा स्टेशनमा कोही नभएको अवस्थामा आगलागी हुनु र स्टेशनको सिसिटिभीको फुटेज नहुनु शंकास्पद रहेको विज्ञप्तीमा भनिएको छ ।
आगलागिबाट स्टेशनको प्राविधिक उपकरण र फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको स्टेसन म्यानेजर भोजराज कार्कीको भनाइ छ ।
आगलागीका कारण पूर्ण रुपमा बन्द रहेको रेडियोको प्रशारणलाई आवश्यक राहत उपलब्ध गराई छिटो भन्दा छिटो रेडियो सञ्चालन हुने वातावरण सिर्जना गर्नलाई सहयोग गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारसँग माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती