काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।
यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो । आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी दाबी गर्नुभएको छ ।
मेलम्ची पानि काठमाडौ ल्याउने क्रममा दुर्घटना जस्ता घटना सम्झदै दुख व्यत्त गर्नुभयो । उहाँले आउने समयमा यस्तो नहुनेमा विश्वस्त रहन पनि आग्रह गर्नुभयो । नेपालमा पहिलोपटक प्रयास गएिको प्रविधि सफल भएको बताउनुहुदै खुशी समेत व्यत्त गर्नुभयो ।
केही विकास विरोधीहरुले विभिन्न बहाना बनाउँदै विकासको कार्यमा बाधा पुर्याउने प्रयास गरिरहेको भए पनि औद्योगिक क्षेत्रहरुको शिलान्यास, ठूला सडक तथा पूलहरुको उद्घाटन लगायतका कामहरु भएको बताउनुभयो ।
यसै सरकारको कार्यकालमा ठूलो उपलब्धी हासील गरेको बताउनुहुदै अब आउने समयमा यस किसीमका उदाहरणिय कार्य निरन्तर भइरहने समेत दावि गर्नुभयोे ।
कोशीतिर बग्ने पानि बाग्मतिमा बग्ने र बाग्मति हुँदै प्रदेश नम्बर २ र ३ तिर बग्ने बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकालाई पानि दिने र यस कार्यमा सहकार्य गर्ने सम्पूणर्लाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
मेलम्चीमा लामो समयको प्रतिक्षा पुरा भएको भन्दै उनले केही दिनमा धारामा पानी आउने बताउनुभयो ।
Photo Onlinekhabar