dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

ग्रीन कफीको झुटो प्रचार गर्ने एक विदेशी नागरिकसहित दुई जना प्रहरीको नियन्त्रणमा

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-19
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ – प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ग्रीन कफीले मोटोपना घटाउँछ भनी ठगी गर्ने एक विदेशी नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रवार ब्युरोले पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा ब्युरोका निर्देशक एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले उनीहरूले नौ सय ६० रुपैयाँको ग्रीन कफीलाई २० र ४० हजार रुपैयाँसम्ममा बिक्री गरेर ठगी गरेको बताउनुभयो ।

विना औषधि, विना व्यायाम, विना डाइटिङ, कुनै साइड इफेक्ट विना, एक हप्तामा १३ किलोसम्म तौल घट्ने अचम्मको विधि पत्ता लगाएको भन्दै भ्रमपूर्ण सूचना फैलाइ बिक्री गरेर उनीहरूले ठगी गरेको सीआईबीले जनाएको छ ।

काठमाण्डौ नयाँ बजार खुशीबु बस्ने टिम वान सप्लायर्स प्रालीका सञ्चालक ४२ वर्षीय आशिष आचार्यले ग्रीन कफी खाइ वजन घटाएको विज्ञापन बनाइ सामाजिक सञ्जालमा राखेर ठगी गरेको उजुरीका आधारमा ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी रसियाली नागरिक इगोरकुर्टसलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियुक्तहरूको नेटवर्क भारत र रुसमा पनि भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १२ वटा जुटको बोरामा राखिएको ६ सय ४४ किलो कफी, २५ थान ल्यापटप लगायतका सामान बरामद गरेको छ । उनीहरूले कानुन बमोजिम अनुमति नलिइकन अन्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको छ ।

साभार उज्यालो अनलाइन
Photo seto pati.com

Previous Post

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

Next Post

विश्व बैंकले कोरोना खोप खरिद गर्न आठ अर्ब भन्दा बढि रकम दिने

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.