ललितपुर – ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको छ ।
साउन ३० गतेदेखि उपचार गराइरहेका काठमाण्डौकी ५१ वर्षीया कोरोना सङ्क्रमित महिलाको गएराति साढे १० गते ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यस्तै भदौ ८ गतेदेखि उपचार गराइरहेका भक्तपुरका ६२ वर्षीया महिला सङ्क्रमितको पनि आज बिहान ज्यान गएको कार्यालयले जनाएको छ ।