काठमाण्डौ – मन्त्रिपरिषदबाट मल कारखाना स्थापना गर्ने सरकारको प्रस्ताव स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको प्रस्ताव बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
बर्सेनि रासायनिक मलको अभावमा नेपाली किसानले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका लागि सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषि मन्त्री अर्यालले जानकारी दिनुभयो । मलको तत्कालीन समस्या समाधान गरेको बताउनुहुँदै मलको दीर्घकालीन समस्या समाधान गर्नका लागि सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको मन्त्री अर्यालले उल्लेख गर्नुभयो ।
उहाँले यस वर्ष मलको अभावमा किसान नछटपटाउनुपर्ने साथै उत्पादनमा कमी नआउने भन्दै मध्यकालीन समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएको जानकारी गराउनुभयो ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
स्रोत उज्यालो अनलाइन












Discussion about this post