dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

काठमाडौँ महानगरपालिकामा ७० प्रतिशतलाई कोरोना पुष्टि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
जेष्ठ ३, २०७८
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

काठमाडौँका ३२ वडाबाट मात्रै अहिले हरेक दिन छ सय जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये चार सय २० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

कामपाका ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको कुँइकेलले भनाइ छ ।

सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरुले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीहरुका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।

कामपाको २३ वडामध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घरोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । रासस

Tags: काठमाडौँ%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0कोरोना परीक्षण%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a
Previous Post

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउनु : माधव कुमार नेपाल

Next Post

लकडाउनले जुराएको नयाँ कार्य

Related Posts

समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२
समाचार

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२
FEATURE

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२
समाचार

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२
समाचार

नागरिकता विधेयक पारित

जेष्ठ २७, २०८२
FEATURE

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

जेष्ठ २७, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!