dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

लकडाउनले जुराएको नयाँ कार्य

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
जेष्ठ ४, २०७८
in FEATURE, समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बू । सन् २०१९ मा चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभर लकडाउन भयो । जसबाट नेपाल पनि अछुतो रहन सकेन । २०७६ को चैत ११ बाट नेपालमा पनि देशव्यापी लकडाउन भयो

नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशैभर लकडाउनको घोषणा ग¥यो । सबै मानिस विचलित हुन पुगे । विद्यालय तथा सेवा प्रदायक संस्थाहरू सबै बन्द थिए ।
लकडाउनका कारण कतिपय काम स्थगित गर्नुपरेको थियो भने कतिपय काम निरन्तर नै चलिरहेका थिए ।

सबैका घरका ढोका बन्द थिए । मानिस एकअर्कासँग भेट्न र कुरा गर्न आनाकानी गर्थे ।

तर लकडाउनकै बीचमा सोलुखुम्बूको सोताङ गाउँपालिकामा भने एउटा संस्था खडा गरियो । लकडाउनको समयमा युवाहरूको सक्रियतामा समाजमा केही रचनात्मक कार्य गर्नुपर्छ भन्ने उद्देश्यले युवक बस्नेतको अध्यक्षतामा ‘खप्तड जलकन्या मसेदा मण्डप’ नामक संस्था सञ्चालन गर्ने योजना बन्यो ।

भनिन्छ– जहाँ इच्छा, त्यहाँ उपाय । देशैभर लकडाउन भएर सबै काम ठप्प भइरहेको समयमा पनि सोताङका युवाहरूलाई नयाँ कार्य सुरु गर्न लकडाउनले रोक्न सकेन ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ अन्ततः खप्तड जलकन्या मसेदा मण्डप’ स्थापना भयो ।

कुलपूजास्थल व्यवस्थापन र स्थानीय पर्यटन प्रवद्र्धनका साथै भविष्यमा शिक्षा, स्वास्थ र रोजगारीका क्षेत्रमा समेत टेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको संस्थामा हाल नौ सदस्यीय कार्यसमिति छ भने तीन जना सम्मिलित सल्लाहकार समिति छ ।

२०७७ मंसिर १० गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बूमा संस्था औपचारिक रुपमा दर्ता गरेको संस्थाका अध्यक्ष युवक बस्नेत बताउँछन् । उनी भन्छन्, ‘केही समय हामीलाई संस्थाको विधान बनाउन लाग्यो, साथै संस्थालाई कसरी अगाडि बढाउने लगायतको विषयमा छलफल भयो । त्यसपश्चात औपचारिकता दिनका लागि दर्ता गरियो ।’

संस्थालाई सोताङ गाउँपालिकाका जनक बस्नेत, केदार बस्नेत, डम्बर बस्नेत, कृष्ण बस्नेत र विष्णुु बस्नेतले सामूहिक रूपमा करिब चार रोपनी जग्गा निःशुल्क प्रदान गरे । प्राप्त जग्गामा संस्थाले पहिलो नम्बरमा मन्दिर निर्माण गर्ने निर्णय ग¥यो ।

युवक भन्छन्, ‘कुलपूजा गर्न होस् अथवा अन्य धार्मिक कार्य, हाम्रो समुदायका लागि अहिले तत्कालका लागि मन्दिर नै आवश्यक थियो ।’

त्यही अनुरुप समुदायस्तरबाट रकम सङ्कलन गरी २०७७ माघ १५ गते निर्माण सुरु गरी २५ लाख रुपैयाँको लागतमा मन्दिरको भौतिक निर्माण सकिएको छ ।

‘हामीले यहाँ संस्था मात्र खडा गरेको हो । वैदेशिक रोजगारीमा रहेका युवाहरूको विशेष लगानी छ,’ उनी भन्छन्, ‘मन्दिर निर्माणका लागि युरोप, अमेरिका, कोरिया साथै खाडी मुलुकमा कामको सिलसिलामा रहेका साथीभाइको ठूलो हात छ ।’

सडक सञ्जालमा गाउँपालिकाले सहयोग गरेकोबाहेक अन्य सहयोग नपाएको गुनासो उनको छ । आरसिसी प्रविधिबाट निर्माण गरिएको मन्दिर भएकाले अलि महङ्गो पर्न गएको उनी बताउँछन् ।

मन्दिरको भौतिक निर्माण सकिए पनि तारजाली लगाउन, प्याराफिट निर्माण, धारा, शौचालय निर्माण, वृक्षारोपण लगायतका काम अझै बाँकी छन् ।

बिलगार्ड कन्सल्टेन्सीले मन्दिरको नक्सा निःशुल्क बनाएर सहयोग गरेको हो । साथै काठमाडौँबाट कालिगढ ल्याएर मन्दिर निर्माण गरिएको अध्यक्ष बस्नेत बताउँछन् ।

मन्दिर निर्माणका लागि १५ लाख रुपैयाँ नगद सहयोग प्राप्त भएको साथै १० लाख रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको युवकले बताए ।

अध्यक्ष बस्नेतका अनुसार मन्दिरको गजुरका लागि ७० हजार रुपैयाँको प्रायोजन साथै बालुवा र गिटी गरी १० लाख रुपैयाँबराबरको जिन्सी सहयोग प्राप्त भएको छ ।

उनी भन्छन्, ‘जनस्तरमा रहेर समाजको उन्नतिका लागि काम गर्ने उद्देश्यअनुसार सहयोगका लागि सरकारको मुख नताक्ने भन्ने थियो, सोही अनुसार काम भइरहेको छ ।’

निर्माणको क्रममा सडक सञ्जालमा समस्या आएको बताउँदै जनश्रमदान गराउने क्रममा पनि समस्या आएको अध्यक्ष बस्नेत बताउँछन् ।

संस्थाको उद्देश्य पूरा गर्न संस्थामा आबद्ध सदस्यहरूले मात्र सबै कार्य गर्न सम्भव नहुने उनी बताउँछन् । संस्थाले समाजको हितका लागि कार्य गर्ने भएकाले सबैले एकअर्कामा सहयोगको भावना लिएर अघि बढ्नुपर्ने बताउँदै फुटेर भन्दा पनि जुटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले संस्थाले गर्ने सबै कार्य पारदर्शी रहने बताउँदै सामाजिक हितविपरीत अन्य कार्यमा फजुल खर्च नगर्ने प्रतिबद्धता जनाए ।

भविष्यमा मन्दिर वरिपरि कम्पाउन्ड निर्माण गर्ने, आगन्तुक पाहुना कक्ष निर्माण, खानेपानीको धारा, स्नान कक्षको व्यवस्था धुपी लगायतका अन्य बोटबिरुवा वृक्षरोपण, सभा सम्मेलनका निम्ति एउटा साझा भवन लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने संस्थाका अध्यक्ष युवक बस्नेत बताउँछन् ।

लकडाउनले व्यावसायिक कामबाट फुर्सदिलो बनाएको समयमा सामाजिक कार्यमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको संस्थाले कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्रको भेदभाव नगरी सदैव सामाजिक सद्भाव बढाउँदै कल्याणकारी कार्यमा जोड दिने संस्थाले जनाएको छ ।

Tags: लकडाउन%e0%a4%b2%e0%a4%95%e0%a4%a1%e0%a4%beसामाजिक कार्य%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%9सोताङ%e0%a4%b8%e0%a5%8b%e0%a4%a4%e0
Previous Post

काठमाडौँ महानगरपालिकामा ७० प्रतिशतलाई कोरोना पुष्टि

Next Post

बजारिया उत्पादनले राडीपाखी व्यवसाय लोप हुँदै

Related Posts

समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२
FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाचार

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२
समाचार

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाचार

रक्षा मन्त्री राईद्धारा सोलुखुम्बुको लागि एक अर्ब बढी बजेट विनियोजन

असार ११, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!