dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

बजारिया उत्पादनले राडीपाखी व्यवसाय लोप हुँदै

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-05-25
in FEATURE, समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बू
स्थानीय उत्पादन लम्पट र राडी (भेडाको ऊनबाट निर्मित ओछ्याउनका लागि प्रयोग गरिन्छ) ले बजार पाउन छाडेको छ । बजारमा आएका म्याट्रेस, गलैँचा, डस्ना जस्ता नयाँ तथा आकर्षक किसिमका उत्पादन दिनहुँ भित्रिने कारण लम्पट र राडी ओझेलमा परेका हुन् ।

भेडापालन र राडीपाखी व्यवसायलाई गुरुङ समुदायको पुर्ख्याैली पेसाको रूपमा चिनिन्छ । तर अहिले बजारिया उत्पादनले राडीपाखी व्यवसाय लोप हुँदै गएको सोलुखुम्बूकी हर्कमाया गुरुङ बताउँछिन् ।

उनका अनुसार पछिल्लो समय भेडा पाल्न छोडिनु र बाहिरका सामानप्रति मानिसको आकर्षण बढ्नुले पुर्ख्याैली व्यवसाय पनि हराउँदै गएको हो ।
विगतमा आम्दानीको स्रोतको रूपमा हेरिएको राडीपाखी अहिले लोप हुँदै जाँदा हर्कमाया गुरुङको मन खिन्न छ । आँगनमा तान बनाएर बिहानदेखि साँझसम्म लम्पट बनाएर फुर्सद नहुने हर्कमाया अहिले घरका अन्य काममा नै व्यस्त हुने गर्छिन् ।

पहिले महिनामा १० वटासम्म लम्पट बनाएर बेच्ने हर्कमाया अहिले दुई वटा बेच्न पनि गाह्रो पर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘अहिलेका मान्छेलाई के हो राडी के हो लम्पट ? वास्तै गर्दैनन् । पहिला त हामी सल्लेरी, नेले, खोटाङको हलेसी बजारसम्म पुर्‍याएर बेच्थ्यौँ । अहिले त किन्नै छाडे । सबैले बजारे नै किन्छन् ।’

पहिला–पहिला लम्पट प्रयोग गर्नेहरू पनि बजारमा आएका चिटिक्क देखिने गलैँचाको प्रयोग गर्दै आएका छन् ।
पहिला मैदेलको गुरुङ समुदायमा हरेक घरमा देखिने तान अहिले केहीको घरमा मात्र देखिन्छ । व्यावसायिक रूपमा राडीपाखी नबनाए पनि पनि पेसागत हिसाबले गुरुङ समुदायमा मात्र राडीपाखी बनाउने प्रचलन छ ।

प्रतिगोटा दुई हजार पाँच सयदेखि १० हजार रुपैयाँसम्म पर्ने लम्पट महँगो भएको र बजारमा आउने हेर्दा राम्रो र सस्तो सामान नै धेरैले किन्ने गरेको विद्या गुरुङको भनाइ छ ।

विद्या भन्छिन्, ‘धेरै खालको हुन्छ लम्पट । सरे, डबल अनि डिजाइनवाला । सबैको भाउ छुट्टै हुन्छ । डिजाइनमा ठाउँको नाम लेखेको हुन्छ ।’

लम्पट बनाउनका लागि ऊन धोएर सुकाएर फेरि छान्नुपर्ने विधि हुन्छ । झन्झटिलो काम अनि उत्तिकै मेहनत चाहिने । मेहनत अनुसार भाउ नभएकाले पनि पछिल्लो समय धेरैले राडीपाखी व्यवसायमा ध्यान दिन छाडेको पाइएको छ ।
विद्या भन्छिन्, ‘लगातार बुन्दा बुन्न मात्र दुई दिन लाग्छ । धुन, छान्न, सुकाउनमा समय जान्छ । झण्डै १० दिन नै लाग्छ– एउटा बनाउन । अनि आफूले भनेजस्तो भाउ पनि पाइँदैन ।’

मेहनत अनुसारको बजार भाउ नपाउँदाको गुनासो एकातिर छ भने बजारमा आएका आकर्षक सामानले स्थानीय उत्पादनलाई पाखा लगाउँदाको पीडा अर्कातिर ।

चरन क्षेत्रको अभाव भएपछि भेडापालन व्यवसाय लोप हुनु, बजारिया सामानले राम्रो बजार पाउनु र घरमा मेहनतले बनाएको सामानले बजार भाउ नपाउनु राडीपाखी व्यवसाय लोप हुनुको मुख्य कारण बनेको छ ।

भेडापालन साथै राडीपाखी व्यवसाय तथा बजारीकरणका लागि कस्तो पहल हुँदै छ भनेर जानकारी लिन खोज्दा प्रदेश सांसद् उत्तमकुमार बस्नेतले पछिल्लो समय यसबारे चासो बढेको पाएको बताए । यनका अनुसार पछिल्लो समय केही व्यक्ति व्यावसायिक रूपमा राडीपाखी व्यवसाय गर्ने भनेर चासो राखेर खोजी गरिरहेका छन् ।
उनका अनुसार व्यवसायीले व्यवसाय गर्न प्रस्तावना बुझाएपछि सक्रिय व्यवसायीलाई छनौट गरेर कार्यक्रम दिइँदै आएको छ ।

पाहुना सत्कारका लागि होस् अथवा घरायसी प्रयोजनका लागि, हरेक दृष्टिकोणले महत्वपूर्ण मानिने घरेलु उत्पादन राडीपाखी लोप हुनु गुरुङ जातिको व्यवसाय लोप हुनु मात्र नभई स्थानीय उत्पादनको महत्वलाई बढावा नदिनु पनि हो ।

बाह्य सामग्रीलाई प्रोत्साहन र बढावा दिने र घरेलु उत्पादनलाई हेलाको दृष्टिकोणले लिने गरेकै कारण आज धेरै पेसा लोप हुँदै गएको प्रत्यक्ष देख्न सक्छौँ ।

उत्पादनमा गुणस्तर कायम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर प्रतिस्पर्धा गराउन सके अर्थोपार्जनसँगै नेपाली मौलिक उत्पादन विश्व बजारमा पुग्ने निश्चित छ ।

Tags: गुरुङ समुदाय%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%99-%e0%a4%b8%e0%a4%ae%eपुर्ख्याैली पेसा%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a5%88%e0%a4%b2राडीपाखी व्यवसाय%e0%a4%b0%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%aa%e0%a4%be%e0%a4%96%e0%a5%80-%e0%a4%b5%e0%a5%8
Previous Post

लकडाउनले जुराएको नयाँ कार्य

Next Post

माटो परीक्षणबारे जानकार हुँदै कृषक

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.