dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘एक सातापछि पसल खोल्न पाइयो ‘

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-06-04
in समाचार
Share on FacebookShare on Twitter

काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियन्टले देशलाई आक्रान्त बनाएपछि कोरोना नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्‍यो । त्यसपछि विद्यालय, सार्वजनिक यातायात, होटल, पसल सबै बन्द भए ।

खाद्यान्न तथा तरकारी पसलहरू बिहान खुले पनि दिउँसो भने बन्द गराइएको थियो । सुरुमा एक साताका लागि गरिएको निषेधाज्ञा अवधि पटकपटक थप गर्दै जेठ मसान्तसम्म पुर्‍याइएको छ ।
करिब एक महिनादेखि बन्द गरिएको भनिए पनि पूर्णरूपमा प्रभावकारी नभएको भन्दै स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको गुनासोपछि कोभिड १९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशले सजाय र जरिवाना तोकेको थियो ।

उक्त अध्यादेशलाई आधार मानेर काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले एक हप्ता निकै कडाइ गरे ।
पछिल्लो केही दिनयता सङ्क्रमितको सङ्ख्यामा केही कमी देखिएकाले आज जेठ २१ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय भयो ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लागू गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याएको छ ।

निषेधाज्ञा थपिए पनि यसअघि पूर्णरुपमा बन्द रहेका खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरहरू आजदेखि (बिहान ९ बजेसम्म) खुलेका छन् ।

पूरै दिन पसल खोल्न नपाए पनि तीन घण्टा पसल खोल्न पाउँदा राहत मिलेको खाद्यान्न व्यापारीहरू बताउँछन् ।

पुरानो बानेश्वरमा खाद्यान्न व्यापार गर्दै आएका व्यापारी घनेन्द्र श्रेष्ठ भन्छन्, ‘के गर्ने, नियम मान्नैपर्‍यो । अहिले बिहान ९ बजेसम्म व्यापार हुँदा पनि केही सहज भएको छ । तीन घण्टा भए पनि बेच्न पाइएको छ ।’

‘बन्दका बेला अरूले कसरी व्यापार गरे थाहा भएन,’ उनले भने, ‘तर हामीले चाहिँ पूर्ण रुपमै बन्द गरेका थियौँ । बन्दभरि एक रुपैयाँको पनि बेच्न पाइएन ।’

तर अन्य व्यापारीको दाँजोमा खाद्यान्न व्यापारीलाई भने राहत मिलेको उनी स्वीकार्छन् ।
बन्दको समयमा व्यापार पूरै बन्द गर्नुपरेको बताउँदै कमाइको साटो घाटा बेहोर्नुपरेको उनले सुनाए । उनी भन्छन्, ‘व्यापार भनेको केही नाफा होस् भनेर गर्ने हो । तर बन्दले अलिअलि हुने व्यापार पनि पूरै बन्द भयो ।

एक हप्तापछि पसल खोल्न पाउँदा कपनमा खाद्यान्न व्यापार गर्दै आएका मिङमार ह्योल्मु पनि केही खुसी छन् ।

बिहानै पसलमा आएर यताको सामान उता र उताको सामान यता राख्नमा व्यस्त देखिन्थे । साताभरि बन्द गरेको पसलमा पुगेर सामान मिलाउँदै उनी ग्राहकको पर्खाइमा थिए ।

अन्य समयमा महिनामा करिब ३० देखि ४० हजार रुपैयाँसम्म व्यापार हुने गरेको उनको भनाइ छ । बन्दका कारण व्यापार ठप्प भएको बताउँदै भाडा तिर्न पनि समस्या भएको मिङमार सुनाउँछन् ।

व्यापारी मिङमार भन्छन्, ‘एकछिन पसल बन्द हुँदा त कति घाटा हुन्छ झन साताभरि बन्द हुँदा घाटा त कति भयो कति । एक साता होइन, एक घण्टाको फरक पर्‍यो भने पनि व्यापारमा घाटा लाग्छ ।’

यस्तै जोरपाटीका व्यापारी भरत गुरुङ भन्छन्, ‘समाचार हेरेर बसिरहेको थिएँ । २१ गतेदेखि पसल खोल्न दिने भनेर समाचार आयो । व्यापारी मान्छे खुसी नलाग्ने कुरै भएन ।’
पसल बन्द गरेर बस्नुपर्दा उकुसमुकुस भएको उनले सुनाए । ‘दिनभरि खोल्न त दिएको छैन । अवस्था हेरेर अब देला नि अब,’ उनले भने, ‘तर तीन घण्टाको समय एकैछिनमा जाँदो रहेछ ।’

‘व्यापारीले कोरोना फैलाएझैँ गर्छ सरकार । दूरी कायम गरेपछि त हुनुपर्ने जस्तो लाग्छ । सरकारले हामीलाई पनि खेलाँची नै बनायो,’ उनले दुःख पोखे, ‘कहिले के गर् भन्छ, कहिले के । अब फेरि कुन दिन बन्द गर् भन्दै आदेश आउँछ, थाहा छैन ।’

अन्य समयमा मासिक ३५ हजार रुपैयाँसम्म कमाइ हुने बताउने गुुरुङ एक सातासम्म पसल बन्द हुँदा गाह्रो परेको सुनाउँछन् ।

‘आफू बस्ने कोठा कपनमा छ । पसल जोरपाटी । पसल जान पनि पाइएन, आफ्ना रेगुलर कस्टमर पनि अन्ततिर जान्छन्,’ उनले भने, ‘खोल्नेले खोलेकै छन् । हामीलाई मात्र लकडाउन हो कि जस्तो…’

Tags: कोरोना नयाँ भेरियन्ट%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a5%व्यापारी%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%aa%e0
Previous Post

बजेट भाषणले खुशी भएका बाल विकास शिक्षिकाहरु छैनन् सन्तुष्ट

Next Post

‘स्थानीय भाषा संरक्षण गर्ने हाम्रो उद्देश्य हो’ : अध्यक्ष निर्कुधन राई

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.