dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

किबीको बजार व्यवस्थापन नहुँदा कृषकलाई समस्या

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १५, २०७७
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । किबीको उत्पादन राम्रो भएपनि बजारीकरणको व्यवस्थापन नभएको सोताङ गाउँपालिकाका कृषकहरुको गुनासो रहेको छ । उत्पादन राम्रै हुँदै आएपनि बिक्रि वितरणको लागि समस्या भएको कृषकहरुको भनाई छ ।
सोताङ गाउँपालिका ५ मानेदाका कृषक डाकमान थापाले विगत ४ वर्षदेखि किबि खेति गरेको बताउनुभएको छ । उहाँले सात लाख लगानिमा शुरु गरेको किबि खेतिबाट राम्रो उत्पादन लिन सकेको बताउँदै बजार अभाव हुँदा आम्दानि लिन नसकेको गुनासो गर्नुभयो । खेतिलाई विस्तार गर्ने योजना बनाएर एक वर्ष अगाडि सोताङ गाउँपालिमा झरना किबि फार्म दर्ता गरेर किबी खेति गरीरहेको उहाँको भनाई छ । उत्पादन भएका फलहरु गाउँमा सीमित रकममा बिक्रि गर्नुपरेको गुनासो गर्दै बजारको व्यवस्थापन गर्नका लागि गाउँपालिकाले पहल गर्नुपर्ने उहाँले अनुरोध समेत गर्नुभयो ।
यस्तै सोताङ गाउँपालिका ५ कै शिव बहादुर थापाले पनि पाँच लाख लगानिमा किबि खेतिको शुरुवात गरेको बताउनुभएको छ । किबि प्रशोधन केन्द्र बनाउने लक्ष्यका साथ खेति शुरु गरेको उहाँको भनाई छ । व्यवसायिक रुपमा खेति गरेर आम्दानि लिने विचार भएपनि बजारको अभाव हुँदा बिक्रि वितरयामा समस्या भएको उल्लेख गर्नुभयो । उहाँले गाउँपालिकाले बजारको व्यवस्थापन गरेर आर्थिक स्तरमा आत्मनिर्भर बनाउने किसीमको व्यवसायमा जोड दिँदै कृषकलाई हौसला मिल्ने किसीमको कार्यक्रम ल्याउन समेत माग गर्नुभयो ।

Previous Post

सोलुखुम्बुमा माटो परिक्षण गर्ने कृषकको संख्यामा वृद्धि हुँदै

Next Post

नेपालमा काेराेनाका कारण २ सय २८ जनाको मृत्यु

Related Posts

समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१
समाचार

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१
समाचार

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१
समाचार

ठ;गी कार्यमा संलग्न २ भारतीय नागरिक प’क्रा’उ

मंसिर २०, २०८१
समाचार

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

मंसिर ६, २०८१
समाचार

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

मंसिर ६, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!