सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका नेकपा एमालेबाट अध्यक्षका उमेद्धार आङ बाबु राईले ह्वील चेयर सहयोग गर्नुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका वटा नम्बर ३ पञ्चनका ढल बहादुर राईलाई चालीस हजार रुपैयाँ बराबरको ह्वील चेयर सहयोग स्वरुप प्रदान गर्नुभएको हो ।
लामो समयदेखि प्यारालाइसीसबाट पीडित राईले ह्वील चेयर पाएपछि आफुलाई सहजता भएको बताउँदै खुशी व्यक्त गर्नुभयो ।
अध्यक्षका उमेद्धार आङ बाबु राईले चुनावी कार्यलाई आकर्षित गर्न नभएर सहयोग गर्न आफनो जिम्मेवारी भएकाले सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँले अन्य पीडित व्यत्तिहरुलाई समेत आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।