सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ठ’गी कार्यमा संलग्न २ जना आरोपितलाई प’क्रा’उ गरेको छ । प्रहरी र स्थानीयको सक्रियतामा मङ्सिर १९ गते बुधवार दिउँसो २ आ’रो’पि’तलाई नियन्त्रणमा लिई प’क्रा’उ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
ठगी गरेको आरो’पमा प’क्रा’उ पर्ने प्रतिवादी भारतीय नागरिक रहेको जनाइएको छ । प’क्रा’उ’ परेका २ आ’रोपि’तहरूलाई आज बिहीबार सार्वजनिक गरिएको हो ।
भारतको सहरसा पुरुषोत्तम पुरीख वडा नम्बर ५ का ३२ वर्षीय अजय कुमार र सोही स्थानका १९ वर्षका करण कुमारले सुनका गहनाहरू सरसफाइ गर्ने बहानामा गरगहनाको तौलमा कमी आउने गरी ठ’गी गरेको आ’रोपमा २ जना आरो’पि’तलाई प’क्रा’उ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशि गाउँपालिका वडा नम्बर ४ काँकुकी जयन्ता कार्कीको सुनको सिक्री एक थान, कानमा लगाउने रिङ १ जोडी र सुनको बेरुवा औँठी १ थान गरगहना सरसफाइ गर्ने बहानामा प्रलोभन देखाइ उक्त गरगहनाको तौलमा कमी आउने गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पीडित कार्की सोलुदुधकुण्ड नगपालिका वडा नम्बर ४ बागवानी बस्दै आउनुभएकी आफ्नो दिदी हिरा कार्कीको घरमा भेटघाटका क्रममा आउनुभएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अनुसन्धान अधिकृत सहितको प्रहरी टोली, स्थानीय महिला समूह तथा जनप्रतिनिधिहरूको रोहवरमा सुन सफा गर्न प्रयोग गरिएको प्लास्टिकको भाँडाकुँडा, रासायनिक तरल पदार्थ, सफा गरिएका सुनका गरगहनाहरू र सफा गर्न प्रयोग गरिने सरसामानहरू बरामद गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
प्रतिवादी अजय कुमारको खैरो रङको झोला १ वटा र प्र’तिवादी करण कुमारको कालो रङको झोला १ वटा लगायतका सामानहरू कानुन बमोजिम बरामद गरी दुवै जनालाई प’क्रा’उ गरिएको सूचना अधिकारी लक्ष्मण गिरीको भनाई छ ।
सोलुखुम्बु जिल्ला अदालतबाट ५ दिनको को म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।