dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सगरमाथा राष्ट्रिय निकुञ्जद्धारा १४ करोड बढि राजश्व संकलन

निकुञ्जको तथ्यांक अनुसार सबैभन्दा बढि हालसम्म ४४ हजार ६ सय १८ जना विदेशी पर्यटकहरुले सगरमाथा क्षेत्र भ्रमण गरेका छन ।

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-10 - Updated on 2025-06-26
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन महिनादेखि ज्येष्ठ २७ गतेसम्म १४ करोड ४६ लाख ९४ हजार सात सय ११ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरूको आगमन दस्तुरसँगै अन्य विविध शीर्षकमा उक्त राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख एवं संरक्षण अधिकृत शुष्मा राणाले जानकारी दिनुभयो ।
सार्क राष्ट्र, विदेशी र आन्तरिक गरी यस वर्ष हालसम्म ५८ हजार सात सय ८७ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । जसमा विदेशी ४४ हजार ६ सय १८ जना, सार्क राष्ट्रका ६ हजार एक सय ७८ जना र नेपाली सात हजार नौ सय ९१ जनाले भ्रमण गरेका छन । निकुञ्जको तथ्यांक अनुसार सबैभन्दा बढि हालसम्म ४४ हजार ६ सय १८ जना विदेशी पर्यटकहरुले सगरमाथा क्षेत्र भ्रमण गरेका छन ।
गत आर्थिक वर्ष २०८०/०८१ मा ५६ हजार पाँच सय २२ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गर्दा १५ करोड ४७ लाख ६० हजार पाँच सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । जसमा ४४ हजार चार सय १३ जना, सार्क राष्ट्रका ६ हजार चार सय ६९ जना र ६ हजार आठ सय आठ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

Tags: पर्यटकराजश्वसगरमाथा राष्ट्रिय निकुञ्ज
Previous Post

खुम्बुको लापाको खाका तयार, आगामी बजेटमा सम्बोधन गर्ने पालिका अध्यक्ष शेर्पाको प्रतिबद्धता

Next Post

नागरिकता विधेयक पारित

Related Posts

FEATURE

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18
समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    13 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.