dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-16 - Updated on 2025-06-20
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ सुर्के–नाक्चुङ जोड्ने बेलिबृजको उद्धघाटन गरिएको छ ।
आज सोमबार खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बेलिबृजको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले सिल्क हाइड्रोपावर प्रालिसँगको सहकार्यले गाउँपालिकाको विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले बेलिबृज निर्माणसँगै सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै सिल्क हाइड्रोपावरलाई धन्यवाद दिनुभयो । अध्यक्ष शेर्पाले बेलिबृज सञ्चालनमा आएसँगै स्थानीयलाई आवतजावतमा सहज हुनका साथै हाइड्रोपावरको कामले समेत तीव्रता पाउने उल्लेख गर्नुभयो ।

४६ मिटर लम्बाइ रहेको उक्त बेलिबृज सिल्क हाइड्रोपावर प्रालिले साढे चार करोड लगानीमा ३ महिना अवधिमा निर्माण सम्पन्न गरेको सिल्क हाइड्रोपावरका कन्स्ट्रक्सन म्यानेजर विश्वास पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ चैत्रमा निर्माण सुरु गरिएको बेलिबृजको ज्येष्ठमा निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आएको हो ।
चार करोड लागतमा सुर्के–दुधकोशी–नाक्चुङ साढे ३ किलोमिटर ट्र्याक ओपन गरिएको सिल्क हाइड्रो प्रालिले जनाएको छ ।
बेलिबृज निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आए पश्चात् नाक्चुङदेखि सुर्के सिधा आवतजावतमा सहज भएको स्थानीय लाक्पा रीन्जी शेर्पाको भनाइ छ ।
२५ मेगावाट क्षमताको सिल्क हाइड्रोपावर प्रालि खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ स्थित लुम्दिङ खोलाबाट विद्युत् उत्पादन गर्ने तयारीमा रहेको सिल्क हाइड्रोपावर प्रालिका अध्यक्ष कुमार खरेलले जानकारी दिनुभयो । विगत २ वर्ष देखि निर्माणको क्रममा रहेको र अबको करिब डेढ वर्षभित्र योजना सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष खरेलको भनाइ छ । सिल्क हाइड्रोपावरले थामडाँडा देखि सुर्केसम्म सडक निर्माणमा सहकार्य गरेको गाउँपालिकाले जनाएको छ ।

Tags: उद्धघाटनखुम्बुबेलिबृज
Previous Post

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

Next Post

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

Related Posts

समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14
समाचार

जेन–जी आन्दोलनमा भएको घटनाप्रति प्रधानमन्त्री ओली दुखी, छानबिन समिति गठन हुने घोषणा

2025-09-09

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.