dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

Dudhkoshi Online by Dudhkoshi Online
2025-07-20
in समाचार
6
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घ र प्रदेश गरी ४ अर्ब ६१ करोड १३ लाख ३९ हजार ५ सय ५२ रुपैयाँ विनियोजित बजेटमध्ये सो रकम फ्रिज भएको हो ।

जिल्लामा सङ्घबाट चालु र पुँजीगत गरी ४ अर्ब १० करोड ९८ लाख २२ हजार पाँच सय ५२ रुपियाँ र प्रदेशतर्फको चालु र पुँजीगत गरी कुल ५० करोड १५ लाख १७ हजार गरी कुल ४ अर्ब २३ करोड ३९ लाख २८ हजार आठ सय ८४ रुपियाँ ९९ पैसा रकम खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका तथ्याङ्क अनुसार जिल्लामा सङ्घबाट चालुतर्फ ९२.४९ प्रतिशत र पुँजीगततर्फ ८९.३० प्रतिशत गरी कुल ९२.३७ प्रतिशत खर्च भएको छ ।

यस्तै प्रदेशतर्फको चालुतर्फ ८४.५१ प्रतिशत र पुँजीगततर्फ ९८.२७ प्रतिशत गरी कुल ८७.२९ प्रतिशत रकम खर्च भएको छ ।

यसैबिच सोलुखुम्बुका ८ स्थानीय तहले सङ्घ र प्रदेशबाट मात्र आएको कुल २ अर्ब ६६ करोड ७० लाख ५६ हजार बजेटमध्ये २ अर्ब ४२ करोड ४० लाख ५४ हजार अर्थात् कुल बजेटको ९०.८९ प्रतिशत रकम खर्च गरेका छन् ।

यसैगरी सोलुखुम्बुमा प्रदेशतर्फ एक करोड १० लाख ७८ हजार नौ सय ९० रुपियाँ १४ पैसा राजश्व सङ्कलन भएको छ भने सङ्घतर्फ २४ करोड १९ लाख ५० हजार नौ सय ९१ रुपैयाँ पाँच पैसा राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका सरकारी कार्यालयहरूमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सो तलब बराबरको रकम नै उक्त फ्रिज भएको रकम रहेको कार्यालयले जनाएको छ । सोलुखुम्बुमा विकासे रकम भने फ्रिज नभएको जनाइएको छ ।

Tags: corona virusफ्रीजबजेट
Previous Post

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ६ वर्ष यताकै उच्च राजश्व संकलन

Next Post

खुम्बु : काठमाडौँमा एकीकृत सेवा सुरु

Related Posts

समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01
समाचार

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25
समाचार

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11
समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06
समाचार

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03
समाचार

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.