काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ।
यही साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले वेबसाइटमार्फत् जानकारी गराएको हो।
कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषयमा भने खुलाएको छैन।
दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ।
नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो।












Discussion about this post