dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सरकारी कामकाजको भाषा विधेयक कोशी प्रदेश सभामा दर्ता

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-07
in समाचार
4
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश सरकारले  सरकारी कामकाजको भाषाको रुपमा लिम्बु र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि वढाएको छ ।

कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्वु  (सिरिजङ्गा लिपिमा लेखिने लिम्बरयाक्थुंग ) भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कायम गर्न नेपालको संविधानको धारा ७ को उपधारा९२० मा व्यवस्था भए बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न कोशी प्रदेश सभामा  विधेयक दर्ता गरिएको हो ।

प्रदेश सभामा दर्ता भएको गैरसरकारी विधेयक आज अस्वीकृत भएको छ। यो अस्वीकृत भएसँगै सरकारले दर्ता गरेको विधेयक अब छलफलमा जाने र यसै अधिवेशनमा पास गरेर यसलाई कार्यान्वयनमा ल्याउने सरकारको तयारी छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रवद्र्धन तथा विकास  गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ। उहाँले आगामी २०८२ कात्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनानन्द लिङ्देनको  जयन्तीको अवसर पारेर  सरकारको कामकाजको भाषामा रुपमा लिम्बु र मैथली भाषा प्रयोग गर्ने योजना सरकारको रहेको  जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सरकारले कामकाजको भाषाको संरक्षण र प्रवद्र्धन लागि प्रदेश सरकार तथा स्थानीय तहले कार्यक्रम तथा बजेटको व्यवस्था गरिने जानकारी दिनुभयो ।
सरकारी कामकाजको भाषाको प्रयोग विधेयकमा कार्यालयले सरकारी कामकाजको सिलसिलामा सरकारी कामकाजको भाषा अनुवाद गर्न वा प्रयोग गर्ने व्यवस्था मिलाउने, प्रदेश सरकारले प्रदेश सभामा विधेयक पेश गर्दा सरकारी कामकाजका भाषामा समेत अनुवादित प्रति पेश गर्ने, सरकारले नेपाली भाषाका अतिरिक्त सरकारी कामकाजको भाषामा समेत प्रदेश राजपत्र प्रकाशन गर्ने व्यवस्था मिलाउने, कार्यालयले पत्राचार र सार्वजनिक सूचना प्रकाशन गर्दा कागजातको शीर्ष भागमा सरकारी कामकाजको भाषामा नाम र सम्वत् समेत उल्लेख गर्ने छ ।
यस्तै प्रदेश सरकारले  शिक्षा, साहित्य, भाषा, कला र सञ्चार सम्बन्धी कार्यक्रम, अध्ययन र अनुसन्धान मार्फत सरकारी कामकाजको भाषाका अतिरिक्त अन्य राष्ट्रभाषाको संरक्षण र प्रवद्र्धन गर्ने छ।
सरकारी  कामकाज भाषाका अतिरिक्त अन्य राष्ट्र भाषाको संरक्षण र विकासका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्य गर्नेछ ।
सरकारले प्रदेश भित्र बोलिने सबै राष्ट्रभाषामा उच्च शिक्षासम्म अध्ययन, अध्यापनको व्यवस्था गर्ने छ । प्रदेश सरकारले सरकारी कामकाजको भाषाको अतिरिक्त अन्य राष्ट्र भाषा समेत संरक्षण र प्रवद्र्धन र विकासका लागि एक तिहाई महिला सहित वढीमा एघार जना विज्ञहरु सम्मिलित रहेको विज्ञ समूहको गठन गर्ने छ।
प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लेखिएका सरकारी कागजपत्र वा कुनै सरोकारवाला व्यक्तिले दिने निवेदन वा पत्र सूचीकृत अनुवादकले अनुवाद गर्ने व्यवस्था  गरिएको छ।
नागरिक वडापत्र र सूचना पाटी कार्यालयले सरकारी काम काजको भाषामा सेवाग्राहीले देख्ने र वुझने गरी कार्यालय परिसरमा नागरिक वडापत्र वा सूचनापाटी राख्नुपर्ने छ।
कार्यालयले आफ्नो साइन वोर्डमा सरकारी कामकाजको भाषाको लिपीमा समेत कार्यालयको नाम उल्लेख गर्नुपर्ने छ। भाषाको पुनरावलोकन सरकारी कामकाजको भाषाको प्रयोग तथा सेवा प्रवाहको प्रभावकारीताको अध्ययन गर्न अनुगमन समिति गठन गरी समितिको प्रतिवेदनको आधारमा प्रत्येक पाँच वर्षमा सरकारी कामकाजको भाषाको प्रयोग सम्बन्धमा पुनरावलोकन  गरिने छ।

Tags: कोशी प्रदेशभाषा
Previous Post

खुम्बु : ६६२ जनाले लिए सेवा, चार लाख बढी राजश्व सङ्कलन

Next Post

नेचासल्यानको एकीकृत सेवा सम्पन्न, एक हजार बढिले लिए प्रत्यक्ष सेवा

Related Posts

समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11
समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03
समाचार

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28
समाचार

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26
समाचार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भिर आपत्ती

2025-09-28
समाचार

सुमना श्रेष्ठ गरिन पार्टी परित्याग

2025-09-14

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.