काठमाडौं । उपत्यकामा ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३ सय १७ जनाको ज्यान गएको छ भने ३५ हजार सात सय उपचार पछि निको भएका छन् ।
सङ्क्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।