पछिल्लो २४ घण्टामा नेपालमा एक हजार नौ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र नौ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१२ हजार चार सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।