काठमाडौँ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितमध्ये दुई हजार पाँच सय ४० काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंका २०८५ जना, ललितपुरका तीन सय २० र भक्तपुरका एक सय ३५ जना छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार छ सय १७ पुगेको छ ।
उनीहरुमध्ये पाँच सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।
अहिले देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् ।