काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ४४ हजार आठ सय ७२ पुगेको छ ।
बुधबार पाँच हजार सात सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ९१ पुगेको छ ।