काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
गएको २४ घण्टामा दुई हजार आठ सय ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन ।
यो सगै कोरोनाबाट निको हुनेको सङ्ख्या एक लाख आठ हजार तीन सय ३४ पुगेको छ भने आठ सय ४२ जना कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।