काठमाडौँ । प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतमा भएको संवैधानिक इजलासमा सुनुवाईपछि सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग संसद् विघटन गर्नुपर्ने कारणबारे लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
यसैगरि मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति साथै संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ ।