काठमाण्डौँ । कोरोना भाइरसका कारण अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलाउने निर्णय गरेको छ ।
यातायात व्यवस्था विभागले पुष १४ गतेबाट खुल्ने अनलाइन आवेदन सूचनामा उल्लेख गरेको छ ।
कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।