काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड(१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।
विभागका अनुसार सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति नेपाललाई दिइएको हो।
कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।
साभार अनलाइन खबर