* ज्ञान त्यही चीज हो, जसले व्यत्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ । ऋग्वेद
* ज्ञानको अन्तिम लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । महात्मा गान्धि
* त्यति धेरै जानेको छ भनेर ज्ञान गौरव गर्छ । त्यो भन्दा बढि ज्ञान जान्न सकिएन भनेर विवेक सर्माउने गर्दछ । ऊ कुपेर
* ज्ञानले सधैँ धेरै सुख ल्याउदैन, केही हदसम्म अज्ञानताको शुख हो । मोती निशानी
* नरमपन र झुकाइमा ज्ञान हाम्रो ज्यादा नजिकमा हुन्छ । वर्डस्मर्थ
* यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुन्छ । होमर
* ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्दछ, ज्ञानले चाँहि रक्षा गर्छ । अलि
* ज्ञान प्रेमको स्रोत पनि हो । सिसेरो
* ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नको लागि अलिकति भए पनि कहीँ न कहीँ बाँकी रहेकै हुन्छ । गौतम बुद्ध
* श्रद्धा, मन, इन्द्रीय निग्रह र साधनामा निरन्तर संलग्नता ज्ञान प्राप्त गर्ने विधि हुन् । भागवत गीता