dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

काठमाडौँका साँघुरा गल्ली र पैदलयात्री !

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १७, २०७७
in हिँड्दाहिँड्दै
Share on FacebookShare on Twitter

काठमाडौँमा पैदल हिँड्का लागि साना अनि साँघुरा गल्लीहरू छन् । अनि ती साना गल्लीमा आवतजावत गर्ने पैदलयात्रीहरू असङ्ख्य छन् । हिँड्दाहिँड्दै कतिबेला कोसँग ठेस लाग्छ पत्तो नै पाइन्नँ ।

व्यस्त सडकको वल्लोपल्लो साइडमा ठूल्ठूला बिल्डिङ । बीचमा कतै पिच गरिएका चिल्लो सडक त कतै कच्ची । पिच गरिएका र कच्ची सडकमा आवतजावत गर्ने सवारीसाधन पति उत्तिकै लर्को लागेर कुदिरहेका हुन्छन् । मानौँ, उनीहरू रेसमा भाग लिएका खेलाडी हुन् र आफना प्रतिद्वन्दीलाई हराएर आफू विजयी हुन्छु भन्ने मनसायका साथ जोड जोडले दौडिरहेका छन् । अनि एकले अर्कालाई पिछा गर्दै लखेटिरहेको जस्तो पनि लाग्ने ।

काठमाडौँमा गाडी गुड्ने सडक मात्र कहाँ व्यस्त हुन्छन् र ! साँघुरा अनि साना गल्लीहरू पनि उत्तिकै व्यस्त अनि खचाखच हुन्छन् । बिहान करिब ४ बजेदेखि ७ बजेसम्म मर्निङ वाकमा निस्किने भिड सकिएपश्चात स्कुल, कलेज, अफिस, सपिङ लगायत अन्य विविध कामका लागि आवतजावत गर्ने मानिसहरूले गर्दा बिहान ८-९ बजेदेखि बेलुकी ८ बजेसम्म साँघुरा गल्लीहरू व्यस्त रहन्छन् ।

कतिपय पैदलयात्रीहरू उत्तिकै हतारोमा दौडिरहेका हुन्छन् । मानौँ, उनीहरू काठमाडौँदेखि हिँडेरै कुनै अर्को सहरतर्फ आजै पुग्नुछ । अगाडिबाट आइरहेका अर्को यात्रुलाई समेत देख्दैनन् । लाग्छ- दुवैजना उस्तै गतिमा हिँडेको भए बीचमा ठ्यांग ठोक्किन्छन् । अनि सडकमा दुईतर्फबाट गाडी ठोक्किएर यता र उता बजारिए जस्तै बजारिन्छन् ।

अब त्यही गल्लीमा अर्का थरिका यात्रु देखिन्छन् । जसले ती साँघुरा गल्ली पूरै ओगटेर हिँडिरहेका हुन्छन् । लाग्छ- त्यो बाटोमा अरु कोही हिँड्नै हुन्न । गल्ली साना छन् भन्ने थाहा हुँदाहुँदै पनि २-४ जनाको समूह काँधमा काँध मिलाएर हिँडिरहेका हुन्छन् । आ-आफ्नो गफमा रमाउँदै ठूलो हाँसोले भरिन्छ बाटो । कोही कानमा हेडफोन, हातमा मोबाइल लिएर गीत सुन्दै हिँडिरहन्छन् । कोही फोनमा कुरा गरे पनि सँगै बसेर कुराकानी गरेजस्तै हात फिँजाएर गफ गर्दै । अनि कोही बाटो काट्दा कुम अनि कुहिना ठोक्काउँदै हिँड्छन् । बाटो छोड्नु त कुरै छोडौँ झुक्किएर ठोक्किँदा समेत सरी भन्न भ्याउँदैनन् ।

कतिपय परैबाट अलि साइड लाग्दै हिँड्छन् । कसैले बाटोमा भगवानको सानो मूर्ति देखेपछि हात शिरमा पुर्‍याउँछन् । कतिपय छेवैमा बाइक साइड लगाएर त्यही गल्लीमा खुट्टा परसम्म तेर्स्याएर आफ्नै सुरमा बसिरहेका हुन्छन् । कोही त्यही गल्लीको बीचमा ठिङ्ग उभिएर मस्त गफ गर्नमा व्यस्त हुन्छन्, त्यही बाटो हिँड्दै आएकाहरूलाई बाटो छाड्न फुर्सद हुँदैन उनीहरूसँग ।

गल्लीलाई घरको फराकिलो आँगन सम्झेर घाम ताप्दै मिठो निन्द्रामा हुन्छन्- काेही । घामपानीबाट जोगिनका लागि छाता ओडेर हिँड्नेलाई अर्को पैदलयात्रीको वास्ता हुन्न । छाताले लागोस् कि बाटो छेकियाेस् ।

कोही डमीमा सजाएर राखिएका कपडाहरू हेर्दै हेर्दै बाटो काट्छन । चाबहिल, पुतलीसडक, बागबजार लगायतका मुख्य चाेकका गल्लीहरूबाट अग्ला अनि ठूला बिल्डिङमा आकर्षक तरिकाले डिजाइन गरी झुन्ड्याइएका होर्डिङ बोर्डतिर हेरिरहेका हुन्छन्- कतिपय चाहिँ । कतिपय त्यही गल्लीको छेवैमा बसेर पम्प्लेटहरू बाँड्नमा व्यस्त देखिन्छन् । त्यस्तो व्यस्त गल्लीमा पनि सेल्फी लिन अनि फोटो खिचाउन भ्याइसकेका हुन्छन् ।

अनि त्यही गल्लीमा मकै व्यापारी, तरकारी, चटपटे अनि पानीपुरी, फलफूल व्यापारी अनि अन्य साना व्यापारीहरू समेत अटिरहेका छन् । कतियपले त्यही साँघुरो गल्लीमा नै बाइक र स्कुटर पार्किङ गर्न राखेका हुन्छन् ।

पानीपुरी र चटपटे खान झुम्मिरहेका ग्राहकलाई वास्ता नै हुन्न अन्य पैदलयात्रुको । उनीहरू त्यही गल्लीमा गफिँदै आफ्नै धुनमा हाँस्दै खानमा व्यस्त हुन्छन् । त्यही गल्लीको छेवैमा फोहोरका डंगुर थुपारिएका छन् । एक कोश टाढासम्म गन्हाउने फोहोरको केही वास्तै नगरी जुत्ताचप्पल सिलाइरहेका हुन्छन् साना व्यवसायीहरू । मानौँ त्यहाँ कुनै महँगो ब्रान्डकाे पर्फ्युमको मीठो सुगन्ध आइरहेको छ ।

काठमाडौँका गल्लीहरू प्रायः व्यस्त नै देखिन्छन् । गल्लीमा हिँड्ने पैदलयात्रीहरू एकलाई अर्काको वास्ता छैन । मुस्किलले भिड छिचोल्दै अर्को भिड छिचोल्न हतार देखिन्छन् । गल्लीहरू साना अनि साँघुरो भए पनि त्यही गल्ली धेरैको सहारा बनिदिएको छ । धेरैलाई जीविकोपार्जन गर्नलाई सघाउ समेत पुगिरहेको छ ।

Source: koshionline.com

Tags: काठमाडौँगल्ली र पैदलयात्री
Previous Post

एकता खारेज गर्ने फैसलाविरूद्ध सर्वोच्च पुगे प्रचण्ड

Next Post

२४ घण्टामा एक सय ६७ मा कोरोनाकाे सङ्क्रमण पुष्टि

Related Posts

हिँड्दाहिँड्दै

करियर बनाउने उमेरमा चार बच्चाकाे जिम्मेवारी एक्लाे काँधमा

बैशाख १, २०७८
हिँड्दाहिँड्दै

प्रिय सोलु एफ. एम., फर्केर आउँछौ नि है…

फाल्गुन २०, २०७७
FEATURE

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

माघ ९, २०७७
हिँड्दाहिँड्दै

मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

माघ ६, २०७७
हिँड्दाहिँड्दै

बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

पुस २९, २०७७
हिँड्दाहिँड्दै

मेरो ‘झोलामा’ जीवन भोगाइका ठूल्ठूला ठेली छन् : डिबी किराँती

भदौ २०, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!