काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्दै आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जोय बाइडेमाथि कडा आक्रमण गरेका छन् ।
राष्ट्रपति ट्रम्पले रिप्बलिकन पार्टीको कन्भेन्सनलाई सम्बोधन गर्दै बाइडेनले चुनाव जितेमा अमेरिकाको सपना चकनाचुर हुने बताएका छन् ।
बाइडेनले अमेरिकाको अहिलेको संकटलाई झन् बढाउने बताउदै आफु जातिवाद, समाजवाद र अराजकताको विरुद्ध दिवार जस्तै खडा भएको बताएका छन् ।
उनले भने, ‘यो निर्वाचनले तय गर्ने छकीहामी अमेरिकी सपनालाई बचाऊछौकी एक समाजवादी एजेन्डालाई आफ्नो मेहनतले बनाएको संरचनालाई बर्बाद गर्ने अनुमति दिन्छौं ।’
उनले अगाडी भने, यो चुनावले तय गर्नेछकी हामी कानुनको पालना गर्ने अमेरिकीको रक्षा गर्छौं या आफ्नो नागरिकलाई धम्की दिने अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिन्छौं ।’
कोरोना महामारीका बीच पनि ट्रम्पले एक हजारभन्दा बढी सहभागीलाई सम्बोधन गरेका थिए ।
नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अब बाइडेन डेमोक्रेटिकबाट र ट्रम्प रिपब्लिकनबाट आआफ्नो पार्टीको कन्भेन्सनबाट आफ्नो मनोनयन स्वीकार गरेका छन् ।
कोरोनाले सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक लाख ८४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने अमेरिकामा कोरोना अझै कम हुने संकेत देखिएको छैन ।













Discussion about this post