dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
चैत्र १४, २०७७
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले प्रस्ताव पारित गरि स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रम तय गरेको छ ।
जसअनुसार चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने, चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो । उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार भएको गरिएको छ । पशुपति आर्यघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

२०१९ साल असार ३ गते काठमाडौंमा जन्मिनुभएका जोशी नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताउनुभएको थियो ।

source onlinekhabar

Tags: पूर्वमन्त्री नवीन्द्रराज जोशी%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%
Previous Post

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०२७

Next Post

आज फागु पूर्णिमा, पहाडी जिल्लामा हर्षोल्लासका साथ होलि मनाइँदै

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाज

नेचासल्यानको बजेट ५१ करोड बढि

असार १०, २०८२
समाज

माप्यको बजेट ४५ करोड बढि

असार १०, २०८२
समाज

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!