काठमाण्डौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनको आज सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले आज सुनुवाइ गर्नेछ । एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानुनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रले बताएको छ ।
मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिनु भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।
प्रधानन्यायाधीश सहितको इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना हुनुहुन्छ।