dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सरकारले गर्यो ३८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-04-14
in समाज
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले तीन सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२–६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिनुभयो । तर प्रधानमन्त्रीलाई गाह्रो भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले खादा लगाइदिए भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र दिए ।२०६२–६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले दोसल्ला र प्रमाणपत्र प्रदान गर्नुभयो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले योद्धालाई सम्मानको शुरुवात मात्रै गरिएको र ७७ वटै जिल्लामा सम्मानित गरिने जानकारी दिनुभयो । उहाँ लोकतन्त्रका योद्धा अभिलेखिकरण तथा सम्मान समितिका संयोजक पनि हुुनुहुन्छ । जिल्लामा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार भएकाले सम्मान सम्भव भएको बताउनुभयो। उहाँले यसअघि माओवादी नेतृत्वको सरकार भएको भएपनि यस्तो सम्मान हुन नसकेको बताउनुभयो ।

source onlinekhabar

Previous Post

भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

Next Post

नेपालको शानदार जित

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.