काठमाडौँ । साओमी नेपालले आफ्ना विभिन्न ब्रान्डका टेलिभिजन सेटहरुको मूल्य बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै विद्युतीय सामग्रीमा आवश्यक पर्ने प्यानलसँगै चिप्सको उत्पादनमा ह्रास आएसँगै टेलिभिजनको मूल्य बढ्दै गएको साओमी नेपालले जनाएको छ ।
साओमीका अनुसार टेलिभिजन सेट उत्पादक कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय बजारमै प्यानल अभाव भएर माग धान्न नसक्दा त्यसको असर नेपालको स्थानीय बजारमा पनि देखिएकाले मङ्गलबारबाट लागू हुने गरी टेलिभिजन सेटहरुको मूल्य बढाएको हो ।
साओमी नेपालले टिभीहरूको मूल्य १० हजार रुपैयाँसम्म बढाएको हो । साओमीले आफ्ना दुई वटा प्रिमियम ब्रान्डका टिभी फोर एक्स ६५ र फोर एक्स ५५ को मूल्य १० हजार रुपैयाँले बढाएको छ ।
चिनियाँ ब्रान्ड साओमीले गत असार १८ गते भारतीय बजारमा टिभीहरूको मूल्य तीनदेखि छ प्रतिशतसम्म बढाएको थियो ।
साओमीले पछिल्लो पटक जुन २०२१ मा सार्वजनिक गरेको फोर एक्स ४३ इन्चको टिभीको मूल्य ६० हजार रुपैयाँ यथावत राखेको छ ।












Discussion about this post