काठमाडौँ । नेप्से परिसूचकले यसअघिको नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो (मंगलबार) नेप्से परिसूचक ३०७९.६७ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेको थियो भने नेप्सेले आज सोही विन्दु तोडेर नयाँ रेकर्ड बनाएको हो ।
बुधबार नेप्से परिसूचक ३०९४.९४ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ मा पुगेको छ । नेप्से ०.५० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ५७४.३२ मा पुगेको छ ।
बुधबार १३ अर्ब २९ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।