dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

इन्टरनेट प्रयोगकर्ता बढेसँगै राउटरको आयातमा वृद्धि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-07-29 - Updated on 2022-04-19
in समाज
Share on FacebookShare on Twitter

विगतको वर्षहरूमा सीमितमात्रामा भित्रिएको राउटर पछिल्लो समय अत्यधिक आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रयोगकर्ता र खपत बढेसँगै इन्टरनेटसम्बन्धि सामग्रीको आयात बढेको इन्टरनेट सेवा प्रदायक एशोसिएसन नेपालका अध्यक्ष सुधीर पराजुलीको भनाइ छ । विगतका दिनमा विभिन्न कार्यालयले मात्रै इन्टरनेट खपत गर्ने प्रचलन भएतापनि पछिल्लो समय घरघरमा इन्टरनेटको प्रयोगकर्ता बढेकाले अत्याधिक आयात भएको बताए ।

विभागको तथांक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ८३९.२७ प्रतिशतले राउटरको आयात बढेको छ । गत वर्ष दुई अर्ब १५ करोड ८२ लाख रुपैयाँ बराबरको आठ लाख पाँच हजार दुई सय ८० वटा राउटर आयात भएको छ । उक्त आयातित राउटरबाट ४० करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।

सोही अवधिमा आर्थिक वर्ष २०७६÷७७ मा २२ कारोड ९७ लाख रुपैयाँ बराबरको १ लाख १५ हजार ३ सय ७४ वटा राउटर आयात भएको थियो । जुन आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आव २०७७÷७८ मा ८३९.२७ प्रतिशतले बढी हो । त्यस्तै २०७६÷७७ मा आयातित राउटरबाट ४ करोड २३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
नेपालमा सबैभन्दा बढी चीनबाट राउटर आयात भएको विभागको तथ्याङ्कले उल्लेख गरेको छ । एक वर्षको अवधिमा नेपालले चीनबाट मात्रै २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ बराबरको ७ लाख ९६ हजार ३ सय वटा राउटर आयात गरेको ।

चीनपश्चात नेपालमा सबैभन्दा बढी राउटर आयात गर्नेमा ताइवान रहेको छ । ताइवनबाट नेपालले गत वर्ष २ करोड ७६ लाखको ६ हजार २ सय ५६ वटा राउटर आयात गरेको छ ।

त्यसैगरी, इटलीबाट २८ लाख ९२ हजारको ११ सय, लातभियबाट १ करोड ५९ लाखको ५ सय ८२, यमनबाट ५ लाख ७६ को ५ सय वटा, भारतबाट ५ लाख १३ हजारको २ सय ७६, मलेसियाबाट २२ लाख ८१ हजारको १ सय २ र अमेरिकन समाओबाट २ लाख ८६ हजारको १ सय वटा आयात गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरि अष्ट्रेलिया, जर्मनी, हङ्कङ, दक्षिण कोरिया, मेक्सिको, सिङ्गापुर, स्पेन, स्वीेडेन, थाइल्यान्ड, अमेरिका र यूएईबाट आयात भएको छ ।

Tags: इन्टरनेट%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0राउटर%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0
Previous Post

मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्छ: अर्थमन्त्री शर्मा

Next Post

नेपालबाट निर्यातको अवस्था शून्य

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्ने: अध्यक्ष ओली

2025-11-19

सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट आत्तिए: महेस बस्नेत

2025-11-19

एमाले संसदीय दलको बैठक आज: संसद विघटनको संवैधानिक परीक्षण विषयमा छलफल हुने

2025-11-18

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    8 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.