सोलुखुम्बु । पूर्वमन्त्री एंव नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिका सदस्य बल बहादुर केसीले गठबन्धन गर्नु भनेको समयको आवश्यकता भएको बताउनुभएको छ । उहाँले गठबन्धन गर्नु भनेको निर्वाचनको तालमेल मिलाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले देशको संकट टार्नका लागि गठबन्धन आवश्यक रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विचारै मिल्नुपर्छ भन्ने पनि छैन, संगठन नै एक हुनुपर्छ भन्ने पनि छैन । जसले एक भएर संविधान बनायौँ, संविधान बनाएकाहरु एक ठाउँमा उभिएर हामीले संविधानको रक्षा गनुर््पर्छ, जनताको हितमा काम गर्नुपर्छ, राष्ट्रिय हितको कुरा गर्नुपर्छ भन्ने सोच र विचार मिल्नेहरु एक भएर यो चुनावि तालमेल गरेको हो ।’
गठबन्धन सत्ताको लागि भएको भन्ने आरोप आइरहँदा उहाँले सिंगो देशको साथै जनताको हितसँगै पार्टिको पद्धति बचाउनका लागि मात्र गठबन्धन गरिएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री केसीले नेकपा एमाले पाँच वर्षसम्म सत्तामा रहेर पनि देशका लागि काम नगरेको आरोप लगाउँदै नेकपा एमालेको पक्षमा जनता नरहेको दावि गर्नुभयो ।