सोलुखुम्बु । स्थानिय तहको अध्यक्ष पदको उमेद्धारीले एक हजार पाँच सय रुपैयाँ धरौटि राख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटि राख्नुपर्नेछ । यस्तै वडा अध्यक्षले एक हजार रुपैँया र वडा सदस्यले पाँच सय रुपैँया धरौटी राख्नुपर्ने मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उमेद्धारले आफनो मनोनयन पत्र दाखिला गर्दा नेपालि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलि उतारको निस्सा र स्घोषणा फाराम बुझाउनुपर्ने हुन्छ ।
यस्तै प्रस्तावक, समर्थकको मतदाता परिचय पत्रको प्रतिलिपि, उमेद्धार मनोनयन भएको दलको आधिकारिक पत्र, धरौटि रसिदको साथमा दलित महिलाको हकमा वडाको सिफारिस आवश्यक पर्ने मूख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो ।
यसैगरि प्रमुख र उपप्रमूख पदमा उमेद्धारी दिदा एक पदमा अनिवार्य रुपमा महिला उमेद्धार हुनुपर्ने, वारेस मार्फत उमेद्धारी दर्ता गर्दा स्थानिय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूचि १५ बमोजिमको वारेसनामा र बहालवाला सदस्यले मनोनयन दर्ता गर्नुपर्ने भए राजिनामा दर्ता भएको सम्बन्धित नगरपालिकाको पत्र आवश्यक पर्ने मूख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
साथै उमेद्धार अनिवार्य रुपमा २१ वर्ष पूरा भएको हुनुपर्ने र कुनै पनि कानुनले अयोग्य नठहरीएको हुनुपर्ने छ ।












Discussion about this post