dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-20 - Updated on 2022-05-23
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका प्रमुख र उपप्रमुखमा मात्र आठ सिट जितेको नेकपा एमाले यस पटक भने तीन सिटमा मात्र जीतेको छ ।
यस्तै नेकपा माओवादि केन्द्रले पालिका प्रमुख र उपप्रमुख गरि ५ सिटमा जितेको थियो भने नेपालि कांग्रेसले सोलुदुधकुण्ड नगरपालिका मेयर, थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष र नेचासल्यान गाउँपालिका उपाध्यक्ष गरि तीन सिट मात्र जितेको थियो ।
२०७४ सालको स्थानिय तहको निर्वाचनसँग तुलना गर्ने हो भने नेकपा एमालेलाई घाटा भएको छ भने नेपालि कांग्रेसलाई यस पटक फाइदा भएको छ । नेकपा माओवादि केन्द्रलाई पनि यस पटकको निर्वाचनमा घाटा भएको छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा तीन सिटमा मात्र जितेको नेपालि कांग्रेसले यस पटक नेकपा एमालेलाई बाजि मारेको छ । यसपटक भने नेपालि कांग्रेसले प्रमुख र उपप्रमुख गरि १० वटा सिटमा जित हासील गरेको छ । बाँकी ३/३ वटा सीटमा नेकपा एमाले र नेकपा माओवादिले जितेका छन ।
२०७४ सालको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नाम्गेल जाङ्बु शेर्पा र उपमेयरमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएकी थिइन । यसपटक भने मेयरमा पुनः शेर्पा दोहोरीएका छन भने उपमेयरमा नेपालि कांग्रेसकै गान्धीमाया तामाङ विजयी भएकी छीन ।
माप्य दुधकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै सिटमा नेकपा एमालेका बुद्धीकिरण राई र जुनिता माया मगर निर्वाचित भएका थिए । यसपटक पालिका अध्यक्षमा एमालेका बुद्धीकिरण राई पुनः दोहोरीएका छन भने उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादि केन्द्रका गौरव राई निर्वाचित भएका छन ।
यस्तै सोताङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका वीर बहादुर राई र लक्ष्मी कार्की बस्नेत निर्वाचित भएका थिए भने यसपटक अध्यक्ष उपाध्यक्ष दुवैमा नेपालि कांग्रेसका खिलाराज बस्नेत र अञ्जु नाछिरीङ निर्वाचित भएका छन ।
यस्तै खुम्बुपासाङ ल्हमु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका स्वर्गिय ङिम दोर्जि शेर्पा र उपाध्यक्षमा टासी शेर्पा निर्वाचित भएका थिए । यसपटक पनि अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका मिङमा छीरी शेर्पा र टासी शेर्पा निर्वाचित भएका छन । उपाध्यक्षमा टासी शेर्पा पुनः दोहोरीएकी हुन ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका असिम राई र उपाध्यक्षमा नेपालि कांग्रेसकी सविता राई निर्वाचित भएका थिए ।
यसपटक पनि अध्यक्षमा नेकपा माओवादि केन्द्रका असिम राई र उपाध्यक्षमा सविता राई दोहोरीएका छन । सविता राई भने नेपालि कांग्रेसबाट माओवादि केन्द्रमा प्रवेश गरेकी हुन ।
यस्तै महाकुलुङ गाउँपालिकामा माओवादि केन्द्रकै सागर किराती र विपना कुलुङ निर्वाचित भएका थिए । यसपटक नेपालि कांग्रेसका सूर्य कुलुङ र विपना कुलुङ निर्वाचित भएका छन । विपना कुलुङ भने माओवादि केन्द्रबाट नेपालि कांग्रेस प्रवेश गरेकी हुन ।
लिखुपिके गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै सिटमा नेकपा माओवादि केन्द्रका डम्बर बस्नेत र उपाध्यक्षमा प्रमिला कार्की बस्नेत निर्वाचित भएका थिए । यसपटक भने दुवै सिटमा नेपालि कांग्रेसले जितेको छ । अध्यक्षमा मिना कार्की बस्नेत र उपाध्यक्षमा ङवाङ लाक्पा शेर्पा निर्वाचित भएका छन ।
२०७४ को निर्वाचनमा नेचासल्यान गाउँपालिकामा नेकपा एमालेका डुफ कुमार बास्तोला र उपाध्यक्षमा नेपालि कांग्रेसकी कुमारी देवि शर्मा निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा डुफ कुमार बास्तोलालाई पछि पार्दै नेपालि कांग्रेसका धनजन राईले जित हासील गरेका छन भने उपाध्यक्षमा नेपालि कांग्रेसकै बिना राई निर्वाचित भएकी छिन ।

Tags: निर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0नेकपा एमाले%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%8f%e0%aनेकपा माओवादि केन्द्र%e0%a4%a8%e0%a5%87%e0%a4%95%e0%a4%aa%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%93%e0%a4%b5%e0%a4%be%e0%a4%a6%e0%a4%bf-%e0%नेपालि कांग्रेस%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%82%e
Previous Post

सोलुखुम्बु जिल्लामा नेकपा एमाले जनमतले जितेको एमालेका केन्द्रिय सदस्य राईको दावि

Next Post

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    7 shares
    Share 3 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.