सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका स्थानीय तहमा निर्वाचित ८ वटा पालिकाका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।
सोलुखुम्बु जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश सन्तोष प्रसाद पराजुलीले विजेता प्रमुखहरूलाई आज पद तथा गोपनियताको शपथ गराएका हुन।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा विजय सोलुदुधकुन्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पा, माप्यदुधकोशि गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, खुम्बुपासाङ ल्हमु गाउँपालिका अध्यक्ष मिङ्ममा छिरी शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिरा कार्की बस्नेत, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ, र सोताङ गाउपालिकाका अध्यक्ष खिलाराज बस्नेतले आज शपथ लिएका छन् ।
थुलुङ दुधकोशी गापाका अध्यक्ष असिम राइले हिजै सपथ ग्रहण गरेका छन ।