dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-25
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा कानुन निर्माण प्रक्रियाको सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको प्रमुख आतिथ्यमा आज अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।

अन्तक्र्रियामा न्याय प्रशासन तथा विधायन समितिका सचिव एंव कानुन अधिकृत प्रमोद विश्वकर्माले कानुन निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा स्थानिय कानुन कसरी निर्माण गर्ने, कानुन निर्माण गर्दा के कुरामा ध्यान दिने, नगरसभा÷गाउँसभाका कार्यक्रम कसरी पारीत गर्ने भन्ने विषयमा नव निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको न्याय प्रशासन तथा विधायन समितिका सचिव प्रमोद विश्वकर्माले बताउनुभयो । अन्तक्र्रियामा सहभागि वडा नमबर ६ का वडाअध्यक्ष फूर्वा ग्याल्जेन शेर्पाले अन्तक्र्रिया प्रभावकारी रहेको बताउदै कानुन सम्बन्धि अझ बढि ज्ञान हासिल गरेको बताउनुभयो ।

न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलिले प्रमुख अतिथीको आसनबाट बोल्नुहुदै जनताको पक्षमा कानुन बनाउनुपर्ने बताउनुभएको छ । उहाँले जनताले चुनेर पठाएको जनप्रतिनिधिले जनताको पक्षमा रहेर जनमैत्री कानुन निर्माणमा ध्यान दिनका लागि आग्रह गर्दै कानुनको विषयमा जानकारी सबैमा हुनुपर्ने बताउनुभएको छ । उहाँले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउदै कानुनविज्ञको सहायतामा छलफल गरेर ऐन बनाउनका लागि नगरपालिकालाई निर्देशन समेत दिनुभयो । विधायन समितिका सभापति इन्द्रमणि पराजुलिले तीन तहको सरकारको सहकार्यमा जोड दिनुपर्ने बताउदै जनताको आधारभूत आवश्यकता पूरा गर्ने क्षेत्रमा सहकार्य गरि अगाडि बढ्न सकेमा संघियता प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले कानुनको विषयमा ज्ञान हुनु आवश्यक रहेको बताउनुभएको छ । उहाँले एक महिनाको कार्यकाल सम्हालिरहदा कानुनको विषयमा कम जानकारी हँुदा कार्यशैलिमा कठिनाइ भएको बताउनुभयो ।

यसैबिच न्याय प्रशासन तथा विधायन उपसमितिको संयोजक राजकुमार ओझा, पूर्व कानुनराज्यमन्त्री तथा विधायन समितिका सदस्य लिलाबल्लभ अधिकारी, पूर्वराज्यमन्त्री (प्रदेश १) ज्ञानेश्वर राजवंशि, विधायन समितिका सदस्य शौभाग्यवतिदेवि राई, सावित्रि जोशी, शान्ता पौडेल लगायतको टोलिले जिल्ला कारागार सोलुखुम्बुको अनुगमन गर्नुभएको छ । अनुगमणका क्रममा कारागारमा क्षमताभन्दा बढि कैदीबन्दि रहेको, टेलिफोनको समस्या पाइएकाले उक्त समस्याहरुलाई प्रदेश सरकारबाट पहल गर्ने अनुगमण टोलिले निष्कर्ष निकालेको छ ।

यस्तै सोलुखुम्बुको जिल्ला विपद व्यवस्थापनको विषयमा प्रमुख जिल्ला अधिकारी अनिल खनाल लगायत तीन वटै सुरक्षा निकायसँग पनि मौखिक अन्तक्र्रिया समेत गरेको छ । जिल्लामा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारलाई निर्देशन दिएर सम्बन्धित निकायलाई समस्या निराकरणमा पहल गर्ने अनुगमण टोलिले प्रतिबद्धता समेत जनाएको छ ।

 

Tags: कानुन%e0%a4%95%e0%a4%be%e0%a4%a8%e0
Previous Post

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

Next Post

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.