dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

थुलुङ्ग दुधकोशी गाउँपालिका जुबुमा सूचना केन्द्रको निर्माण हुदै

Dudhkoshi Online by Dudhkoshi Online
असार १२, २०७९
in समाज
Share on FacebookShare on Twitter
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ५ जुबुमा सामुदायिक कृषि सूचना केन्द्रको निर्माण सुरु गरिएको छ । नेपाल सरकार कृषि मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷०७९ को २५ लाखको अनुदान रकमबाट एभरेष्ट सामुदायिक सिकाइ केन्द्रले भवनको निर्माण सुरु गरेको हो ।
असारको पहिलो हप्ताबाट सुरु गरिएको सूचना केन्द्रको यहि आर्थिक वर्ष अर्थात असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको एभरेष्ट सामुदायिक सिकाइ केन्द्रका सचिव भुपाल राईले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ९ को स्थानिय बासीहरुलाई लक्षित गरि निर्माण सुरु गरिएको सूचना केन्द्रमा सभाहल सहितको दुई तले ६ कोठे भवनको निर्माण गरिने सचिव राईको भनाइ छ । राईका अनुसार अहिले भवनको जग बसाएर पर्खाल लगाउने काम भईरहेको छ ।
अनौपचारी शिक्षा अन्तगर्त प्रौढ शिक्षा, व्यवसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्न, कृषि क्षेत्रमा बढावा दिनका लागि प्राविधिक हिसावले पहिचान गर्दै नगदेबालितर्फ किसानलाई अभिप्रेरित गर्ने, विउविजनको व्यवस्थापन गर्ने, उत्पादीत वस्तुलाई बजारीकरणमा सहयोग गर्ने उद्धेश्यका साथ सामुदायिक कृषि सूचना केन्द्रको निर्माण सुरु गरिएको एभरेष्ट सामुदायिक सिकाइ केन्द्रका सचिव भुपाल राईले जानकारी दिनुभयो । फोटो: सौजन्य भुपाल राई ।

Previous Post

महाकुलुङ गाउपालिकाको बजेट ३६ करोड ६७ लाख ५८ हजार ३ सय ३२ रुपैँया

Next Post

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!