सोलुखुम्बु । एक्सन फर नेपालले माप्य दुधकोशि गाउँपालिकामा बाल संरक्षण तथा यौन शोसन, यौन दुर्वव्यहार र यौन उत्पीडन सम्बन्धि तालिम सुरु गरेको छ । माप्य दुधकोशि गाउँपालिकाको समन्वयमा सोलुखुम्बु महिला स्वास्थ्य परियोजना अन्तर्गत तीन दीने तालिम आजदेखि सुरु गरेको हो ।
बालबालिकाहरुप्रति हुने दुव्र्यवहारलाई न्यूनिकरण गर्दै समुदायमा भएका दुव्र्यवहारलाई सम्बन्धित निकायमा रीपोर्टिङ गर्नका लागि सीप प्रदान गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको एक्सन फर नेपालकी हेल्थ अफिसर अस्मिता पौडेलले जानकारी दिनुभयो ।
माप्य दुधकोशि गाउँपालिका वाकुमा तीन दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिकाको स्वास्थ्य संयोजक, महिला बालबालिका तथा जेष्ठ शाखा प्रमुख, स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु, स्वयसेविका, स्वास्थ्यकर्मीहरु, सगरमाथा माध्यमिक विद्यालयका ८ देखि १८ वर्षसम्ममा बालबालिकाहरुलाई तालिम प्रदान गरिने एक्सन फर नेपालले जनाएको छ ।
३५ जना सहभागि रहने तालिमलाई नेपाल बाल संगठन सिन्धुलि शाखा सदस्य एंव बालअधिकारकर्मी के. आर विजय दाहालले सहजिकरण गर्नुहुनेछ ।
एक्सन फर नेपालकी हेल्थ अफिसर अस्मिता पौडेलका अनुसार माप्य दुधकोशी गाउँपालिकामा तालिम सकिए पश्चात महाकुलुङ गाउँपालिकाको छेस्काम र सोलुदुधकुण्ड नगरपालिको टाक्सीन्धुमा तालिम सुरु गर्ने योजना रहेको छ ।












Discussion about this post