dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

Dudhkoshi Online by Dudhkoshi Online
अशोज ६, २०७९
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण गरिएको छ । भदौ १८ गते देखि विभिन्न स्वास्थ्य चौकीमा सञ्चालित एक दिने निशूल्क मोतीबिन्दु छनोट शिविरमा एक हजार आठ सय ५९ जनाले आँखा परिक्षण गराएका हुन ।

जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको आयोेजनामा आयोजित एक दिने आँखा शिविर अन्तर्गत ८२ जना मोतिबिन्दूका बिरामि छनौट गरीएको छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका अनुसार लोखिम स्वास्थ्य चौकीमा दुई सय ४० जनाले आँखा परिक्षण गराएकोमा १२ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ । तिङ्ला स्वास्थ्य चौकीमा एक सय ८९ जनाले आँखा परिक्षण गराएकोमा आठ जना मोतिबिन्दुका बिरामि रहेका छन ।

यस्तै नेचा बेतघारी स्वास्थ्य चौकीमा दुई सय ९१ जनाको आँखा परिक्षण गर्दा सात जना मोतिबिन्दुका बिरामी छनौट गरिएको छ । बुङ प्राथमिक अस्पतालमा एक सय ५९ जनाको आँखाको परिक्षण गरिएको थियो जसमा आठ जना मोतिबिन्दुका बिरामी पाईएको छ ।

सोताङ प्राथमिक अस्पतालमा दुई सय ३० जनाले सेवा लिएकामा ६ जना मोतिबिन्दुका लागि छनौट गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ ।

यसैगरि काँगेल स्वास्थ चौकीमा एक सय ९३ जनाको आँखा परिक्षण गरिएकोमा ११ जना मोतिन्दिुको बिरामी छनौट गरिएको छ । वाकु स्वास्थ्य चौकीमा दुई सय २३ जनाको परिक्षण गर्दा ११ जना मोतिबिन्दुका बिरामी पाईएको छ ।

यस्तै ज्ुभिङ स्वास्थ्य चौकीमा एक सय ९० जनाको आँखा परिक्षण गर्दा १२ जना मोतिबिन्दुका बिरामी पाइएको छ र काँकु स्वास्थ्य चौकीमा एक सय ४४ जनाको आँखा परिक्षण गर्दा ७ जना मोतिबिन्दुका बिरामी छनौट गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुले जनाएको छ ।

नौ वटा केन्द्रमा सम्पन्न आँखा शिविर अन्तर्गत लोखिम स्वास्थ्य चौकीमा सबैभन्दा बढि दुई सय ४० जना र सबैभन्दा कम काँकु स्वास्थ्य चौकीमा एक सय ४४ जनाले आँखा परिक्षण गराएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको तथ्यांकमा उल्लेख छ ।
१० वटा स्वास्थ्य चौकीमा सम्पन्न शिविरबाट छनौट भएका मोतिबिन्दुका बिरामीहरुको अशोज २४ र २५ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुृमा निशूल्क मोतिबिन्दु सल्यक्रिया गरिने छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौँको आयोेजना साथै स्थानिय तहहरुको समन्वयमा मोतिबिन्दु छनौट शिविर सञ्चालन गरिएको हो ।

Tags: आँखा परिक्षण%e0%a4%86%e0%a4%81%e0%a4%96%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%eमोतिबिन्दु%e0%a4%ae%e0%a5%8b%e0%a4%a4%e0%a4%bf%e0%a4%ac%e0%a4%bf%e0%a4शिविर%e0%a4%b6%e0%a4%bf%e0%a4%b5%e0स्वास्थ्य चौकी%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4
Previous Post

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

Next Post

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!