dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरू सम्मानित

Dudhkoshi Online by Dudhkoshi Online
2024-11-21
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरूलाई सम्मान तथा बिदाइ गरेको छ । आज बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला हुलाक कार्यालय सोलुखुम्बु अन्तर्गतका विभिन्न अतिरित्त हुलाकहरूबाट अनिवार्य अवकाश भएका कर्मचारीहरूलाई सम्मान तथा बिदाइ गरेको हो ।

जिल्लामा अवस्थित विभिन्न २१ वटा अतिरीत्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, डाक वाहक र पत्र वितरक गरी १२ जना कर्मचारीहरूलाई आज कदर पत्रद्वारा सम्मान तथा बिदाइ गरिएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त हुलाक अधिकृत उषा दाहालले जानकारी दिनुभयो ।

अतिरीत्त हुलाक नियमावली २०३४ को पाँचौँ संशोधनले अतिरित्त हुलाकमा कार्यरत कर्मचारी र ५८ वर्ष पूरा भएपछि स्वैच्छिक अवकाश पाउने नियमावली अनुसार सोलुखुम्बुमा ३५ जना अनिवार्य अवकाश र २ जना स्वैच्छिक अवकाश गरी ३७ जनालाई सम्मान तथा बिदाइ गरिने जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अनिवार्य अवकाश भएका सबै कर्मचारीहरूलाई उपचार खर्च र थप सुविधाहरू नेपाल सरकारले उपलब्ध गराएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विनोद निरौलाले जानकारी दिनुभयो ।

जुनवेशी अतिरित्त हुलाकका पत्र वितरक जाङबु लामाको सबैभन्दा बढी सेवा अवधि ४६ वर्ष र तामाखानी अतिरीत्त हुलाकका हुलाक प्रतिनिधि रिन्जी शेर्पाको सबैभन्दा कम सेवा अवधि १६ वर्ष रहेको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अनिवार्य अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त हुलाक अधिकृत उषा दाहालले स्वस्थ र खुसी जीवनको कामना गर्दै आगामी समयमा हुलाक कार्यालय सधैँ साथमा रहने प्रतिबद्ध जनाउनुभयो ।

अनिवार्य अवकाश भएका कर्मचारीहरूले कार्यालयबाट बिदाइ हुँदै गर्दा हुलाक सेवा निकै प्रभावकारी साथै विश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् । हाल प्रविधिले हुलाक सेवालाई खुम्च्याएको भए तापनि उत्तिकै चलायमान तथा विश्वसनीय रहेको बताएका छन् ।

Tags: अतिरित्त हुलाकअनिवार्य अवकाशहुलाक कार्यालय
Previous Post

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

Next Post

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.