dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरू सम्मानित

Dudhkoshi Online by Dudhkoshi Online
2024-11-21
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले अतिरित्त हुलाकबाट अनिवार्य अवकाश भएका कर्मचारीहरूलाई सम्मान तथा बिदाइ गरेको छ । आज बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्ला हुलाक कार्यालय सोलुखुम्बु अन्तर्गतका विभिन्न अतिरित्त हुलाकहरूबाट अनिवार्य अवकाश भएका कर्मचारीहरूलाई सम्मान तथा बिदाइ गरेको हो ।

जिल्लामा अवस्थित विभिन्न २१ वटा अतिरीत्त हुलाकमा कार्यरत हुलाक प्रतिनिधि, डाक वाहक र पत्र वितरक गरी १२ जना कर्मचारीहरूलाई आज कदर पत्रद्वारा सम्मान तथा बिदाइ गरिएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त हुलाक अधिकृत उषा दाहालले जानकारी दिनुभयो ।

अतिरीत्त हुलाक नियमावली २०३४ को पाँचौँ संशोधनले अतिरित्त हुलाकमा कार्यरत कर्मचारी र ५८ वर्ष पूरा भएपछि स्वैच्छिक अवकाश पाउने नियमावली अनुसार सोलुखुम्बुमा ३५ जना अनिवार्य अवकाश र २ जना स्वैच्छिक अवकाश गरी ३७ जनालाई सम्मान तथा बिदाइ गरिने जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अनिवार्य अवकाश भएका सबै कर्मचारीहरूलाई उपचार खर्च र थप सुविधाहरू नेपाल सरकारले उपलब्ध गराएको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विनोद निरौलाले जानकारी दिनुभयो ।

जुनवेशी अतिरित्त हुलाकका पत्र वितरक जाङबु लामाको सबैभन्दा बढी सेवा अवधि ४६ वर्ष र तामाखानी अतिरीत्त हुलाकका हुलाक प्रतिनिधि रिन्जी शेर्पाको सबैभन्दा कम सेवा अवधि १६ वर्ष रहेको जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अनिवार्य अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै जिल्ला हुलाक कार्यालय सोलुखुम्बुका निमित्त हुलाक अधिकृत उषा दाहालले स्वस्थ र खुसी जीवनको कामना गर्दै आगामी समयमा हुलाक कार्यालय सधैँ साथमा रहने प्रतिबद्ध जनाउनुभयो ।

अनिवार्य अवकाश भएका कर्मचारीहरूले कार्यालयबाट बिदाइ हुँदै गर्दा हुलाक सेवा निकै प्रभावकारी साथै विश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् । हाल प्रविधिले हुलाक सेवालाई खुम्च्याएको भए तापनि उत्तिकै चलायमान तथा विश्वसनीय रहेको बताएका छन् ।

Tags: अतिरित्त हुलाकअनिवार्य अवकाशहुलाक कार्यालय
Previous Post

छिमेक लघुवित्त सल्लेरी शाखाले दियो च्याउ खेती सम्बन्धि तालिम

Next Post

खुम्बु क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरू फर्किन थाले

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    6 shares
    Share 2 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.