dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बुले ल्यायो ९४ करोड बढि बजेट, सडक र पर्यटनमा जोड

Dudhkoshi Online by Dudhkoshi Online
असार १०, २०८२
in समाज
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९४ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँ सभाको १८ औँ अधिवेशनमा ९४ करोड १० लाख १६ हजारको रुपैयाँको बजेट पेस भएको हो ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ९४ करोड १० लाख १६ हजार रुपैयाँको बजेट ल्याएको हो । खुम्बुले पुँजीगततर्फ ६१ करोड ६९ लाख १८ हजार र चालुतर्फ ३२ करोड ४० लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

कुल आय ९४ करोड १० लाख १६ हजार मध्ये आन्तरिक आयतर्फ सबैभन्दा बढी ४० करोड २७ लाख ७१ हजार एक सय ८३ रुपैयाँ, सङ्घीय सरकारबाट २४ करोट ९५ लाख प्रदेश सरकारबाट दुई करोड ८२ लाख ४० हजार, सङ्घ प्रदेश र स्थानीय राजश्व बाडफाटबाट २६ करोड पाँच लाख चार हजार आठ सय १७ रुपैयाँ रकम प्राप्त हुने गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पाले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ ।

क्षेत्रगत विकासतर्फ कुल बजेटमध्ये आर्थिक विकासतर्फ आठ करोड ९३ लाख ५० हजार, सामाजिक विकास तर्फ २५ करोड ६२ लाख ६६ हजार, पूर्वाधार विकासतर्फ ३९ करोड २५ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ नौ करोड ७८ लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ दश करोड ५० लाख बजेट विनियोजन गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले ६२ करोड, ६० लाख, ८६ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको थियो । गत दुई आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि खुम्बुले बजेटको आकार बढाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटन, सडक र शिक्षा, विद्युत, खानेपानी साथै फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको उल्लेख छ ।

खुम्बुले गत आर्थिक वर्ष चालु खर्चतर्फ २९ करोड ७९ लाख ७४ हजार तीन सय ५८ रुपैयाँ अर्थात् ३९.४९ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ६५ लाख २५ हजार ६ सय ४२ रुपैयाँ अर्थात्  ६०.५१ प्रतिशत रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१(१) ले ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार महिनाको दश गतेभित्र सम्बन्धित गाउँ वा नगर सभामा सबै स्थानीय तहले असार १० गतेसम्म बजेट पेस गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।  बजेट पेस भएको १५ दिनभित्र पारित समेत गरिसक्नुपर्ने व्यवस्था छ ।

Tags: खुम्बुपर्यटनबजेट
Previous Post

आयमूलक कार्यक्रममा जोड दिन पासाङल्हामु महिला समितिका अध्यक्ष शेर्पाको सुझाव

Next Post

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८३ करोड बढी बजेट

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२
समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाज

नेचासल्यानको बजेट ५१ करोड बढि

असार १०, २०८२
समाज

माप्यको बजेट ४५ करोड बढि

असार १०, २०८२
समाज

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!