dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

खुम्बुले ल्यायो ९४ करोड बढि बजेट, सडक र पर्यटनमा जोड

Dudhkoshi Online by Dudhkoshi Online
2025-06-24 - Updated on 2025-06-26
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

खुम्बु पासाङल्हामु गाउँपालिका । खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९४ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँ सभाको १८ औँ अधिवेशनमा ९४ करोड १० लाख १६ हजारको रुपैयाँको बजेट पेस भएको हो ।

आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ९४ करोड १० लाख १६ हजार रुपैयाँको बजेट ल्याएको हो । खुम्बुले पुँजीगततर्फ ६१ करोड ६९ लाख १८ हजार र चालुतर्फ ३२ करोड ४० लाख ९८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

कुल आय ९४ करोड १० लाख १६ हजार मध्ये आन्तरिक आयतर्फ सबैभन्दा बढी ४० करोड २७ लाख ७१ हजार एक सय ८३ रुपैयाँ, सङ्घीय सरकारबाट २४ करोट ९५ लाख प्रदेश सरकारबाट दुई करोड ८२ लाख ४० हजार, सङ्घ प्रदेश र स्थानीय राजश्व बाडफाटबाट २६ करोड पाँच लाख चार हजार आठ सय १७ रुपैयाँ रकम प्राप्त हुने गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पाले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ ।

क्षेत्रगत विकासतर्फ कुल बजेटमध्ये आर्थिक विकासतर्फ आठ करोड ९३ लाख ५० हजार, सामाजिक विकास तर्फ २५ करोड ६२ लाख ६६ हजार, पूर्वाधार विकासतर्फ ३९ करोड २५ लाख ५० हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ नौ करोड ७८ लाख ५० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ दश करोड ५० लाख बजेट विनियोजन गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले ६२ करोड, ६० लाख, ८६ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड ४५ लाख रुपैयाँको बजेट ल्याएको थियो । गत दुई आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको लागि खुम्बुले बजेटको आकार बढाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पर्यटन, सडक र शिक्षा, विद्युत, खानेपानी साथै फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको उल्लेख छ ।

खुम्बुले गत आर्थिक वर्ष चालु खर्चतर्फ २९ करोड ७९ लाख ७४ हजार तीन सय ५८ रुपैयाँ अर्थात् ३९.४९ प्रतिशत र पुँजीगततर्फ ४५ करोड ६५ लाख २५ हजार ६ सय ४२ रुपैयाँ अर्थात्  ६०.५१ प्रतिशत रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१(१) ले ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार महिनाको दश गतेभित्र सम्बन्धित गाउँ वा नगर सभामा सबै स्थानीय तहले असार १० गतेसम्म बजेट पेस गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।  बजेट पेस भएको १५ दिनभित्र पारित समेत गरिसक्नुपर्ने व्यवस्था छ ।

Tags: खुम्बुपर्यटनबजेट
Previous Post

आयमूलक कार्यक्रममा जोड दिन पासाङल्हामु महिला समितिका अध्यक्ष शेर्पाको सुझाव

Next Post

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८३ करोड बढी बजेट

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.