dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

Dudhkoshi Online by Dudhkoshi Online
असार १५, २०८२
in FEATURE, समाज
Share on FacebookShare on Twitter
सोलुखुम्बु । यस वर्षको एसइई परीक्षामा सगरमाथाको काखमा अवस्थित खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामुका विद्यार्थी छिरिङ ङिमा शेर्पाले उच्च अङ्क लिएर सोलुखुम्बु टप गर्न सफल हुनुभएको छ ।
छिरिङ ङिमाले जिल्लाका एक हजार ६ सय ५८ जना विद्यार्थीहरूलाई पछि पार्दै ३.९० जिपिए प्राप्त गरी सोलुखुम्बु टप गर्न सफल हुनुभएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाबाट खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङबाट २९ जना, खरीखोला माध्यमिक विद्यालयबाट १२ जना र महेन्द्र ज्योति माध्यमिक विद्यालयबाट ३३ जना गरी ३ वटा विद्यालयका कुल ७४ जना विद्यार्थीहरू यस वर्ष २०८१ सालको एसइई परीक्षामा सहभागी थिए ।
खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङ र खरीखोला माध्यमिक विद्यालयका शतप्रतिशत र महेन्द्र ज्योति माध्यमिक विद्यालयको ९३.९४ प्रतिशत उत्तीर्ण भएको जनाइएको छ । पालिकाको कुल उत्तीर्ण प्रतिशत ९७.३० रहेको विद्यालयले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले एसइई मा उत्कृष्ट विद्यार्थी छिरिङ ङिमा शेर्पा लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सम्पूर्ण अभिभावक, विद्यार्थी लगायत शैक्षिक क्षेत्रमा सहकार्य गर्ने सम्पूर्ण सङ्घ संस्थाहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
गत वर्ष २०८० को एसइई मा खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थी खाम्सु वाङडु शेर्पाले जिल्लामा कुल १६६५ जनालाई पछि पार्दै जिल्ला टप हुनुभएको थियो । खाम्सु वाङडुले ३.९० जिपिए प्राप्त गर्नुभएको थियो ।
एसइई परीक्षामा खुम्जुङ माध्यमिक विद्यालय निरन्तर दुई वर्ष उत्कृष्ट हुन सफल भएको छ ।
सोलुखुम्बु जिल्लाको ५२ विद्यालयका कुल एक हजार ६ सय ५८ जना विद्यार्थी सहभागी भएकामा १५४८ जना उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जनाएको छ ।
यस्तै शिक्षा विकासका अनुसार जिल्लामा जन कल्याण माध्यमिक विद्यालय जुबु दोस्रो र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ सिंह काली माध्यमिक विद्यालय तेस्रो भएको छ ।
Previous Post

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

Next Post

आज असार १५ धान दिवस मनाइँदै

Related Posts

समाज

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

असार १२, २०८२
समाज

नेचासल्यानको बजेट ५१ करोड बढि

असार १०, २०८२
समाज

माप्यको बजेट ४५ करोड बढि

असार १०, २०८२
समाज

थुलुङ दुधकोशीले ल्यायो ६३ करोडबढीको बजेट

असार १०, २०८२
समाज

सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ८३ करोड बढी बजेट

असार १०, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!