dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ६ वर्ष यताकै उच्च राजश्व संकलन

Dudhkoshi Online by Dudhkoshi Online
2025-07-18
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा ६ वर्ष यताकै उच्च राजश्व सङ्कलन भएको छ । निकुञ्जमा आर्थिक वर्ष २०८१/०८२ मा १७ करोड २४ लाख ३० हजार दुई सय ८२ रुपैयाँ ७१ पैसा राजश्व सङ्कलन भएको निकुञ्ज नाम्चेका प्रमुख एवं संरक्षण अधिकृत जानकारी दिनुभयो ।

विदेशी पर्यटकबाट तीन हजार रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट एक हजार पाँच सय र नेपालीबाट एक सय रुपैयाँ राजश्व संकलन गरिदै आएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार पाँच सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा नौ करोड ५७ लाख ६० हजार नौ सय ९४ रुपैयाँ राजश्व सङ्कलन गरेको निकुञ्जले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड २१ लाख ५३ हजार चार रुपैयाँ ३९ पैसा सङ्कलन गरेको थियो ।

निकुञ्जले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा आठ करोड ३६ लाख सात हजार नौ सय ९० रुपैयाँ ३९ पैसा कम राजश्व सङ्कलन गरेको थियो ।

यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा ६ करोड दुई लाख ३८ हजार तीन सय ३८ रुपैयाँ ६७ पैसा राजश्व सङ्कलन भएको थियो ।

निकुञ्जले आर्थिक वर्ष २०७८/०७९ मा अघिल्लो आर्थिक वर्ष भन्दा चार करोड ८० लाख ८५ हजार तीन सय ३४ रुपैयाँ २८ पैसा बढी राजश्व सङ्कलन गरेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा १४ करोड ८१ लाख ३६ हजार आठ सय एक रुपैयाँ २३ पैसा राजश्व सङ्कलन गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका निकुञ्ज नाम्चेका प्रमुख एवं संरक्षण अधिकृत जानकारी दिनुभयो ।

निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा आठ करोड ७८ लाख ९८ हजार चार सय ६२ रुपैयाँ ५६ पैसा बढी राजश्व सङ्कलन भएको थियो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेमा आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार पाँच सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको निकुञ्ज प्रमुखको भनाइ छ ।

आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/०८१ मा ६६ लाख २३ हजार सात सय ६४ रुपैयाँ ९७ पैसा बढी राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्यांंकमा उल्लेख छ ।

६ वर्षको अवधिमा सबै भन्दा कम राजश्व आर्थिक वर्ष २०७७/०७८ मा एक करोड २१ लाख ५३ हजार चार रुपैयाँ ३९ पैसा सङ्कलन भएको र सबै भन्दा बढी आर्थिक वर्ष २०८०/०८१ मा १५ करोड ४७ लाख ६० हजार पाँच सय ६६ रुपैयाँ २० पैसा राजश्व सङ्कलन भएको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।

यसैबिच गत आर्थिक वर्षमा विदेशी पर्यटक, सार्क मुलुक र नेपाली गरी ५८ हजार नौ सय ७९ जना पर्यटकहरुले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको तथ्यांकमा उल्लेख छ ।

Previous Post

खुम्बुको पर्यटन शुल्क १५ करोड रुपैयाँ बढी

Next Post

सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.