काठमाडौँ । नेचासल्यान गाउँपालिकाले काठमाडौँको सुके धाराबाट एकीकृत सेवा सुरु गरेको छ । काठमाडौँमा अस्थायी रूपमा बसोबास गर्ने र स्थायी रूपमा पालिकाभित्र ठेगाना भएका सेवाग्राहीहरूलाई हुने सुविधालाई मध्यनजर गर्दै १९ साउनदेखि २१ साउनसम्म तीन दिन एकीकृत सेवा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचय पत्र वितरण, व्यवसाय नवीकरण, पञ्जिकरण साथै वडाबाट प्रदान गरिने प्रशासनिक सेवा लगायतका सेवा एकीकृत रूपमा प्रदान गरिने नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो ।
विविध कारण र बाध्यताका कारण काठमाडौँमा अस्थायी रूपमा बसोबास गरिरहेको नागरिकका माग र आवश्यकताका आधारमा काठमाडौँमा एकीकृत सेवा सञ्चालन गरिएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।
एकीकृत सेवाका लागि नेचासल्यान गाउँपालिकाका ५ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरूले सक्रिय रूपमा खटिएर सेवा प्रदान गरिरहेका छन् ।
अस्थायी रूपमा काठमाडौँमा बसोबास गरिरहेका नागरिकले सहज सुविधा लिन पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।












Discussion about this post