काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाले काठमाडौँबाटै राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्ने भएको छ । साउन १९ गतेदेखि काठमाडौँको चुच्चे पाटीमा सञ्चालित एकीकृत सेवामा राष्ट्रिय परिचय पत्रको विवरण समेत सङ्कलन गरिने गाउँपालिकाले जनाएको छ ।
हालसम्म परिचय पत्र वितरण मात्रै गर्दै आएको तर नागरिकका आवश्यकता र मागका आधारमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका प्राविधिकको सहभागितामा पालिकाले विवरण समेत सङ्कलन गर्ने जनाएको छ ।
गाउँपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी साउन २२ गतेसम्म विवरण सङ्कलनको साथमा अन्य सेवाहरू प्रदान गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।












Discussion about this post